भक्तपुरमा नेकपाका युवाहरू कांग्रेसमा भित्रिएपछि ट्वाँ परे कम्युनिस्टहरू (तस्वीर)

भक्तपुर । भक्तपुर जिल्लामा उपनिर्वाचनको प्रचार प्रसार तिब्र भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का थुप्रै नेता तथा कार्यकर्ताहरूले माउ पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

भक्तपुरको नगरकोटमा शुक्रबार आयोजित कार्यक्रममा तीन दर्जन बढी नेकपाका युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कम्युनिस्ट अधिनायकवादको विरोध गर्दै नेकपाका स्थानीय युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरका थिए । उनीहरूले कम्युनिस्टहरूको झुठ कुराको पछाडि नलाग्ने बताएका छन् ।

उनीहरूलाई नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, भक्तपुर क्षेत्र नम्बर १ ‘क’का प्रदेश सभाका उम्मेदवार कृष्णलाल भँडेल, नेपाली कांग्रेसका युवा नेता गणेश लामा, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, युवा नेता सुशन प्रजापति, वीरमान तामाङ लगायतले कांग्रेसमा प्रवेश गराएका हुन् ।

नेपाल तरुण दल भक्तपुर जिल्ला कार्यसमितिको पहलमा चागुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटमा नेकपा परित्याग गरी ४५ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेको तरुण दल भक्तपुरका नेता राजु पुरीले जानकारी दिए ।

नेपाली कांग्रेस भक्तपुरले उपनिर्वाचनलाई आफ्नो कब्जामा पार्ने रणनीति बनाएको छ । दुईतिहाइको कम्युनिस्ट सरकारलाई सहि दिशामा लैजानका लागि उपनिर्वाचन नेपाली कांग्रेसले जित्नुपर्ने भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले बताउँदै आएका छन् ।

नेपाल तरुण दल भक्तपुर कार्यसमितिले पनि निर्वाचनमा तरुणहरूलाई सक्रियता साथ परिचालन गर्दै आएको छ । त्यसका लागि अध्यक्ष राजु थापाले समितिहरू पनि बनाएका छन् ।

Published : Friday, 2019 November 15, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया