सानेपाले खटायो केन्द्रबाट यी कमाण्डरहरू, कम्युनिस्टलाई हराइ कांग्रेसलाई जिताउने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट उपनिर्वाचनमा उम्मेदवार बनेकाहरूलाई जिताउन केन्द्रबाट केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।

मंसिर १४ गते उपनिर्वाचन हुँदै छ । नेपाली कांग्रेसले उपनिर्वाचनलाई जसरी पनि जित्ने रणनीति बनाएको छ ।

पार्टीका पक्षमा चुनावी माहोल बनाउन कांग्रेसले केन्द्रीय प्रतिनिधि पठाएको हो । जिल्लाको माग अनुसार संघ, प्रदेश र स्थानीय तहमा कांग्रेसले केन्द्रबाट नेता खटाएको छ।

केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ ।

संघअन्तर्गत उपनिर्वाचन हुने कास्की २ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाललाई पठाएको छ । रिजाल केही दिनदेखि पोखराका चुनावी अभियानमा सक्रिय छन् ।

प्रदेशसभातर्फ भक्तपुरमा केन्द्रीय सदस्य मोहन बस्नेत खटिएका छन् । प्रदेसभातर्फ बागलुङमा केन्द्रीय सदस्य शंकर भण्डारी र दाङमा केन्द्रीयसदस्य देवेन्द्रप्रसाद कँडेललाई खटाइएको छ ।

नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा केन्द्रीय सदस्य महेश आचार्यलाई पठाएको छ ।

महोत्तरीको पिपरा गाउँपालिकामा केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर खटिएका छन् ।

पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकामा देउमान थेवे र हुम्लाको खार्पुनाथ गाउँपालिकामा जीवनबहादुर शाहीलाई नेपाली कांग्रेसले खटाएको छ ।

नेपाली कांग्रेसले उपनिर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ ।

महंगी, भ्रष्टाचार, अधिनायकवादलाई कांग्रेसले चुनावी नारा बनाउँदै सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने जनाएको छ ।

नेपाली कांग्रेसले केन्द्रमा महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा चुनावी कमाण्डर घोषणा गरेको छ ।

महामन्त्री खड्काले पार्टी मुख्यालय सानेपामा बसेर देशैभरिको उपनिर्वाचनको तयारी र खटनपटनको जानकारी लिने गरेका छन् ।

खड्काले दिनभरिको रिपोर्टिङ सभापति शेरबहादुर देउवालाई जानकारी गराउने गरेको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसले उपनिर्वाचन हुने सबै जिल्लामा केन्द्रबाट चुनावी सामग्री पठाएको छ ।

पार्टीको चारतारे झण्डा, चुनाव चिह्न अंकित झण्डा, पर्चा, पम्लेट, पोस्टरलगायतका प्रचार सामग्री केन्द्रले व्यवस्थापन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसले उपनिर्वाचन हुने ३७ वटै जिल्लामा प्रचार सामग्री पठाइसकेको छ ।

वडामा २ हजार, गाउँपालिका ४ चार, प्रदेशमा ७ हजार र प्रतिनिधिसभामा १० हजारका दरले चुनावी सामग्री पठाएको छ ।

Published : Friday, 2019 November 15, 11:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया