दाङमा कम्युनिस्टलाई हराउन नेताहरू आतुर, नेकपाका धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश (तस्वीर)

शरद रेग्मी

हापुरे । नेपाली कांग्रेस दाङले उपनिर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा भोट माग्न चुनावी सभा र घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।

नेपाली कांग्रेसले बिहीबार पञ्चकुले र हंसपुरमा चुनावी सभाको आयोजना गरेको छ । दुबै कार्यक्रममा बोल्ने नेपाली कांग्रेसका नेताहरूले प्रदेश सभामा उम्मेदवार बनेका केशव आचार्यलाई मतदान गर्न अपील गरे ।

नेपाली कांग्रेस दाङले क्षेत्र नम्बर ३ ‘ख’मा केशव आचार्यलाई उम्मेदवार बनाएको छ । आचार्य दाङ कांग्रेसका पुराना, त्यागी र ईमान्दार नेता हुन् ।

कार्यक्रममा धारणा राख्ने कांग्रेसका नेताहरूले आचार्यलाई पार्टीले टिकट दिएर न्याय गरेको भन्दै मतदाताहरूसँग मतदानको आग्रह गरे ।

आचार्यले स्व.खुमबहादुर खड्का उम्मेदवार बनेका बेला प्रचार गर्न कमाण्ड गर्न सफल भएको कार्यक्रममा चर्चा गरिएको थियो ।

नेपाली कांग्रेसका नेताहरूले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार सबै क्षेत्रबाट पराजित भएको भन्दै जनतालाई राहत दिन नसकेको बताए ।

तहस नहस र पतन भैसकेको कम्युनिस्ट सरकारले जनतालाई आगामी दिनमा झन् दुःख दिने कांग्रेसका नेताहरूले बताए । उनीहरूले कम्युनिस्टको एकीकरण पनि धेरै दिन टिक्न नसक्ने चेतावनी दिएका छन् ।

दुईतिहाइको कम्युनिस्ट सरकार मुलुकमा भ्रष्टाचार, लुटतन्त्र र सत्ताको दुरुपयोग गर्नमा नै केन्द्रित रहेको भन्दै नेताहरूले विकासका नाममा नदीको दोहन गरिरहेको बताए । उनीहरूले कम्युनिस्टहरू नैतिक रुपमा पतन भैसकेको बताए ।

उनीहरूले कम्युनिस्ट सरकारले नेपाली जनतालाई अनावश्यक करको भारी बोकाउने काम गरेको भन्दै कम्युनिस्टहरूसँग जनता आजित बनेको बताए ।

पश्चिम दाङमा भएका ठूला विकास निर्माणहरू सडक, सिचाइँ, बिद्युत् तथा पुलहरू कांग्रेसकै पालामा शुरू भएको नेताहरू बताए ।

नेताहरूले युगौयुगसम्म पनि नेपाली कांग्रेसले गरेको विकासका योजनाहरू पश्चिम दाङबासीहरूले भुल्न नहुने बताएका छन् ।

अहिलेको विषम् परिस्थितिमा कम्युनिस्टहरूको अन्याय, अत्याचार, बलत्कारलाई निर्मूलपार्न नेपाली कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने नेताहरूले बताए ।

प्रदेश सभाका उम्मेदवार आचार्यले आफू तीन दशकदेखि जनताकै माझमा रहेर काम गरिराखेको भन्दै आफूलाई मतदान गर्न सबैलाई सहयोगको अपील गरे ।

आचार्यले पश्चिम दाङबाट कांग्रेसको पक्षमा जनलहर ल्याएर देशव्यापी सन्देश दिन आतुर रहेको बताए । ‘कांग्रेसको पक्षमा जनलहर ल्याउन म आतुर छु’, उनले भने, ‘मेरो प्रचार प्रसारमा लाग्नुभएका सबैलाई धन्यावाद दिन चाहन्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरी, राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटा, पूर्वसांसद राजु खनाल, पूर्वसांसद बुद्धिराम भण्डारी, पूर्व सासद गेहेन्द्र गिरी, प्रदेश सभाका सांसद अर्जुन श्रेष्ठ, नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, नेताहरू घनश्याम रेग्मी, बीरकेश्वरी गौतम, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष नयनसिंह महर, नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्ती, नेताहरू जानकीलाल बस्नेत, शंकर गिरी, महादेव शाह, जगतबहादुर खडका, सुरेश हमाल, खिमप्रसाद खराल, टीकाराम रोका, जनक खराल, देबिका नेपाली लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा स्थानीय नेताहरू गणेश केसी, टेकबहादुर वली, कुलबहादुर खत्री, धनसिंह खत्री, प्रेमा बुढाथोकी लगायतले नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यलाई विजयी बनाउन आफूहरू लागिपरेको बताए ।

बबई गाउँपालिका वडा नम्बर २ का सभापति कृष्ण खत्री र वडा नम्बर ६ का सभापति डिल्लीबहादुर खड्काको सभापतित्वमा चुनावी सभाको आयोजना गरिएको थियोे ।

पश्चिम दाङका दुई वटा चुनावी सभामा अनेरास्ववियु जनता माबि हंसपुरका पूर्व ईकाई सभापति बीरेन्द्रप्रसाद वली सहित एकसय पचास बढी युवा तथा जेष्ठ नागरिकहरू सत्तारुढ नेपाल कम्युनिस्टपार्टी (नेकपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यकमको सहजीकरण नेपाली कांग्रेसका क्षेत्रीय सचिव चुडामणि ढकालले गरेका थिए ।

Published : Thursday, 2019 November 14, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया