साकेला ३ मा कांग्रेसका लोकप्रिय युवा नेता राईद्वारा मनोनयन दर्ता

दिक्तेल । नेपाली कांग्रेसकोतर्फबाट खोटाङ जिल्लाको साकेला गाउँपालिका वडा नम्बर ३ मा शुक्रराज तामाङले वडाध्यक्ष पदमा उम्मेदवारी मनोनयन दिएका छन् ।

बुधबार नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले दलबलसहित वडाध्यक्षमा उम्मेदवारी मनोनयन दिएका हुन् । वडाध्यक्षमा उम्मेदवरी मनोनयन दिने राई स्थानीयस्तरमा लोकप्रिय मानिन्छन् ।

मनोनयन दर्ता गर्न जाने क्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरूले वडाध्यक्षका उम्मेदवार राईको पक्षमा नारावाजी गरेका थिए । उनीहरूले कम्युनिस्टको ज्यादतीविरुद्ध नेपाली कांग्रेसलाई मतदान गर्न अपील गरेका थिए ।

मनोनन दर्ता गराउने जाने क्रममा नेपाली कांग्रेसकी प्रतिनिधि सभाकी सांसद हीरा गुरुङ, नेपाली कांग्रेसका नेता विष्णु राईलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसले साकेला गाउँपालिकाको वडा नम्बर ३ मा राईलाई वडाध्यक्षमा विजयी बनाउन प्रचार प्रसारको अभियानलाई तिब्र बनाएको छ ।

Published : Thursday, 2019 November 14, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया