प्रचण्डका प्रिय नेता अग्निको ‘काण्ड’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् सांसद अग्नि सापकोटाले सरकारी राजनीतिक नियुक्तिहरूमा आफ्नो छोराहरू र आफन्तहरूलाई दिलाएका छन् ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र अग्निले दुई जना छोराहरूलाई आकर्षक स्थानमा राजनीतिक नियुक्ति दिलाइदिएका हुन् । प्रचण्डलाई दवाव दिएर ती नियुक्तिहरू अग्निले हत्याएका हुन् ।

उनै अग्निले बेलाबेला प्रचण्ड र उनको परिवारलाई सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा लगेर रमाइलो गराउँदै आएका छन् । प्रचण्डले पार्टीमा अग्निलाई अत्यन्तै विश्वास गर्छन् ।

अग्निले आफ्ना कान्छा छोरा रुपक सापकोटालाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक बनाएका छन् । रुपकलाई बुधबार नियुक्ति गरिएको हो ।

अर्का जेठा छोरा दपक सापकोटालाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त नियुक्ति दिलाएका छन् ।

अग्निले आफ्नै भतिजा माधव सापकोटालाई मन्त्रीको सल्लाहकार बनाएका छन् । अर्का भतिजा विष्णु सापकोटालाई प्रचण्डको पिए बनाएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको कानूनी सल्लाहकारमा पनि अग्निले आफू निकटका कानून व्यवसायीलाई वनमन्त्री शक्ति बस्नेतमार्फत जागिर खुवाएको स्रोतले जनाएको छ ।

कतिथ जनयुद्धका नाममा तत्कालीन माओवादीले १७ हजार व्यक्तिको ज्यान लिएको थियो ।

त्यो आन्दोलनबाट उदाएका सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद अग्निको पारिवारिक मोहका कारण पार्टीका इमान्दार कार्यकर्ताको मन भाँच्चिएको छ ।

पार्टीमा लागेका र ईमान्दार कार्यकर्तालाई अग्निले माथि उठ्नै नदिएको भनेर चर्चा हुन थालेको छ । अग्नि चीन निकट नेताका रुपमा चिनिन्छन् ।

Published : Wednesday, 2019 November 13, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया