ओली–दाहालद्वारा देउवासँग परामर्श

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार ओली, देउवा र दाहालबीच वार्ता भएको हो । उनीहरूका बीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति जुटेको स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित महत्वपूर्ण आयोगहरूमा नियुक्तिबारे प्रारम्भीक सहमति जुटेको छ ।

आयोगमा नियुक्तिका लागि प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, सभामुखको मुख्य भूमिका हुन्छ । ओलीले नेपाली कांग्रेसका सभापति देउवा र दाहाललाई बालुवाटारमा बोलाएर सहमतिको प्रयास गरेका हुन् ।

वार्तामा सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगलाई पूर्णता दिनेबारे पनि छलफल भएको छ । दाहालले सत्यनिरुपण आयोग र मेलमिलाप आयोगलाई पूर्णता दिनेबारे चासो दिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्णता दिनेबारे समेत सहमति बनेको छ । व्यक्तिका बारे सहमति जुटाएर नियुक्ति दिने टुंगो लगाइएको छ ।

अख्तियार सदस्यका लागि रिक्त दुई सदस्यमा सत्तारुढ नेकपा र नेपाली कांग्रेसले व्यक्तिको नाम सिफारिश गर्ने सहमति बनेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

Published : Wednesday, 2019 November 13, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया