धरानमा राईद्वारा मेयरमा मनोनयन दर्ता, हजारौँको सख्यामा आए कांग्रेसका कार्यकर्ता

धरान । नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा मेयर पदमा मनोनयन दर्ता गराएको छ ।
हजारौँको संख्यामा जम्मा भएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले नारावाजी र जुलुससहित मेयरमा मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसको तर्फबाट तिलक राईले मेयर पदमा मनोनयन दर्ता गराएका छन् । राई धरानमा लोकप्रिय मानिन्छन् । नेपाली कांग्रेस सुनसरीले धरान उपमहानगरपालिकामा यस पटक राई नै विजयी हुने जनाएको छ ।
यसअघि धरान उपमहानगरपालिकामा तत्कालीन एमालेले जितेको थियो ।
मनोनयन दर्ता गर्ने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडालगायतका नेताहरूको सहभागिता रहेको थियो ।
Published : Wednesday, 2019 November 13, 12:39 pm
विचार/ब्लग

मेराे काम जनताकाे सेवा गर्ने हाे, विद्यासुन्दरसँग बकबक गर्ने हाेइनः हरिप्रभाव खड्गी
हरिप्रभा खड्गी श्रेष्ठ
बामदेवलाई हराएका गौतमले भने, ‘कम्युनिस्टकाे घमण्ड ताेड्न सफल भयाैँ’ (अन्तर्वार्ता)
सञ्जय गौतम, सांसद, प्रतिनिधि सभा
फेसबुकबाट तपाईको प्रतिक्रिया