शक्तिशाली चीन र कम्युनिस्ट सरकारले बुझोस् नेपाल देश हङकङ होइन

काठमाडौं । चीनका राष्ट्रपति सी जिन पिङ दुई दिन राजकीय भ्रमण सकेर स्वदेश फिर्ता भएको दुई हप्ताभन्दा धेरै भइसकेको छ ।

तर, सीको भ्रमणको साइड इफेकटहरू अहिले पनि देखिइरहेका छन् । सामाजिक सञ्जालमा सीको आलोचना गर्ने र समर्थन गर्नेहरू बाक्लै अवस्थामा छन् ।

केहीले सीको भ्रमणको आलोचना गर्नै नहुने टिप्पणी गरिरहेका छन् । केहीले सीका कारण नेपालको संविधान र अभिव्यक्ति स्वतन्त्रता खोसिएको आरोप लगाएरहेका छन् ।

चीनका राष्ट्रपति सीको नेपाल भ्रमणका बेला जसरी निरंकुश शैलीमा शान्तिपूर्ण प्रदर्शनहरू गर्न रोक लगाइए त्यसले संविधान सभाबाट बनेको संविधान दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले कुल्चिएको आरोप लगाइएको छ ।

सीको भ्रमणका बेला पक्राउ परेर तीन दिन थुनामा बसेका नेपाल फाउण्डेशनका अध्यक्ष विकास ठाकुरले नेपाल र हङकङ एउटै देश नभएको भन्दै आक्रोश पोखेका छन् । ‘नेपाल हङकङ होइन’, उनले भनेका छन् ।

हङकङ नेपालको अधिनस्थ मुलुक हो । चीनले हङकङमा जस्तै व्यवस्था नेपालमा लागू गर्न खोजेको भन्दै ठाकुरले आक्रोश पोखरेका हुन् ।

‘हाल समाचार लेखेकै भरमा पत्रकारलाई थुन्नु, मुद्दा लगाउनेदेखि धम्क्याउन लगाउनु त्यस्तै चिनियाँ राष्ट्रपति सी चिन पिङको भ्रमणको समयमा शंकाकै भरमा केही निर्दोष व्यक्ति थुनिनुले देशमा मानवअधिकार छ जस्तो लागेन्’, उनले भनेका छन्, ‘नेपाल हङकङ होइन भन्ने बुझ्नुपर्छ ।’

चीनविरुद्ध हङकङमा हजारौँ सर्वसाधारणले दैनिक सरह प्रदर्शन गर्दै आएका छन् । हङकङका बासिन्दा चीनसँग बस्न चाहँदैनन् । उनीहरू अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्र चाहन्छन् ।

नेपाली भ्रमणका बेला चीनको मानवअधिकारको हनन्, तिब्बती शरणार्थी, हङकङका समर्थक, लिपुलेक, तिब्बतसँग जोडिएको नेपाली भू–भाग मिचिएको विषयमा आवाज उठ्न सक्ने सम्भावना थियो ।

तर, चीनको दवाव र सुरक्षाको कारण देखाउँदै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले शान्तिपूर्ण प्रदर्शनहरूमा यति ठूलो नियन्त्रण गर्‍यो किन काठमाडौंबाट धेरै टाढा रहेको राजविराजकी एक जना महिलालाई समेत पक्राउ गर्‍यो । ती महिलासँग पनि चीन सशंकित थियो । चीनकै दवावमा ती महिला पक्राउ परिन् ।

तिब्बती शरणार्थीहरू पनि पक्राउ परे । चीनकै समर्थनमा गतिविधि गर्दै आएका फणिन्द्र नेपाल तीन दिनसम्म चाबहिलस्थित आफ्नै घरमा नजरबन्दमा परे ।

आफू नजरबन्दमा परेको कुरा नेपालले आफ्नो फेसबुकमा लेखेका छन् । आफूलाई निगरानी गर्न आएका सादा पोशाकका सुरक्षाकर्मीको तस्वीर खिचेर उनले फेसबुकमा अपलोड गरिदिएका छन् ।

Published : Monday, 2019 October 21, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया