कांग्रेसको बद्नाम गर्न खोज्ने हुतिहारा कम्युनिस्टहरूको खतिवडाद्वारा भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद संविधान र कानूनभन्दा माथि कोही पनि नरहेको भन्दै दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा खतिवडाले नेपाली कांग्रेस जहिले पनि संविधान र कानूनको रक्षामा रहेको बताए ।

‘कांग्रेसका नेता मोहम्मद अफ्ताव आलम दोषी हुनुहुन्छ भने उन्मुक्ति दिनु हुँदैन’, उनले भने, ‘निष्पक्ष छानविन गरेर दोषीलाई कारबाही र निर्दोषलाई फसाउने काम गर्नु हुँदैन ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्ति कुनै पनि दोषीलाई बचाउनेभन्दा पनि १२ वर्षको अवधिमा मोहम्मद अफ्ताब आलमको घटनालाई छानविन गरिएन भनेर जिज्ञासा राखेको बताए । ‘सभापति शेरबहादुर देउवाले घटनाका बारेमा छानविन गर्न सहयोग गर्ने भन्नुभएको छ । दोषीले उन्मुक्ति पाउनु हुँदैन’, खतिवडाले भने, ‘नेपाली कांग्रेस कानूनी राज्यको पक्षमा लडेको पार्टी हो । कानूनभन्दा माथि कोही पनि छैन ।’

‘पञ्चायतका बेला धेरैलाई अराजकताको मुद्धा चलाइयो । शेरबहादुर देउवालाई पनि शाही आयोग बनाएर जेलमा थुन्ने काम भएको थियो’, उनले भने, ‘प्रेसमाथि अंकुश लगाउने काम भएको थियो । हामी कानूनी पक्षमा छौँ । मान्छे लगेर पोलेको हो भने छुटकारा पाउनु हुँदैन । त्यस्ता खालका अपराधका पक्षमा कांग्रेस लाग्दैन ।’

‘यो अवधिमा धेरै सरकार बने भन्नुभएको छ । सभापतिले कानूनी सहयोग गर्ने भन्नुभएको छ’, नेपाली कांग्रेसका नेता खतिवडाले भनेका छन्, ‘विगतमा मलामी, जन्ती, किरया बस्न पाएनन् । हिजोका दिनका सबै अपराधीलाई कानूनी कठघारामा उभ्याउनुपर्छ ।’

उनले नेपाली कांग्रेसको नेतृत्वमा संविधान बनाइदिएको भन्दै संविधानको रक्षा अति आवश्यक रहेको बताए ।

कांग्रेसले निर्वाचन गरेर कम्युनिस्टहरूलाई सत्तामा पुर्‍यादिएको उनले बताएका छन् ।

‘यो सरकारसँग महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने बाहेक सबै काम गर्ने अधिकार छ’, खतिवडाले भने, ‘अरुलाई गाली गर्नेभन्दा अरु कुनै पनि काम यो सरकारको भएन ।’

‘राष्ट्रपति विदेश भ्रमणमा हुनुहुन्छ । निवासबाट एयरपोर्ट जान हेलिकप्टर प्रयोग गर्ने बेला आइसक्यो’, उनले भने, ‘पञ्चायतकालमा पनि यस्तो कामहरू भएका थिएन ।’

प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पनि विदेश भ्रमणको मोह जागेको खतिवडाले आरोप लगाए ।

‘प्रधानमन्त्रीजी पनि विदेश भ्रमणमा छिटोछिटो आकर्षित हुनु भएको छ’, उनले भने, ‘केही समय पहिला युरोपको भ्रमणमा जानुभयो । बेलायतको राजीनामा दिएको प्रधानमन्त्रीलाई भेटेर आउनुभयो । त्यहाँको महारानीलाई भेट्ने अवसर पाउनु भएन । महारानीलाई भेटेको भए मात्रै भ्रमण सफल हुने थियो ।’

उनले भने, ‘फ्रान्स जानुभयो त्यहाँको उपप्रधानमन्त्रीलाई भेटेर आउनुभयो । फ्रान्सको प्रधानमन्त्रीलाई पञ्चायतकालको उपप्रधानमन्त्री सरहको मान्छे हो । फ्रान्समा राष्ट्रपति कार्यकारी हुन्छ । वैदेशिक भ्रमण पनि प्रधानमन्त्रीका पूर्ण रुपमा असफल भएको देखिएको छ ।’

‘ओलीको ठूलो सफलता भनेको बिहानदेखि बेलुकासम्म ढोली पिट्ने काम भएको छ । चाइनिज राष्ट्रपतिको भ्रमणलाई लिएर बिहानदेखि बेलुकासम्म ढोली पिट्ने काम भएको छ’, खतिवडाले भने, ‘राष्ट्रपति आएको ठाउँदेखि बस्ने ठाउँसम्म बाटो पिच गरेर गमलामा अलि अलि फूलहरू राखिदिएर, दुबो राखेर भोली पल्ट सुक्ने अबस्था भयो ।’

‘एउटा कुरामा हामीलाई पनि गर्भ लागेको छ । ठूला–ठूला देशका सरकार र राष्ट्र प्रमुखहरू नेपालमा आउँदा शान्ति सुरक्षा मजबुद रहेछ भन्ने देखिएको छ’, उनले भने, ‘यस्ता भ्रमण आउने जाने हो भने धेरै ठूलो उपलब्धी हुने छैन । सहमति कार्यान्वयन हुनुपर्छ ।’

पानीजहाज र रेलका कुरा गरेर प्रधानमन्त्री ओलीले जनतालाई झुक्काएको बताए ।

‘दुई वर्षको समयमा नेपाली जनतालाई एउटा पनि उपलब्धी भएन । पेट्रोलियम पाइप लाइन पहिलाको सरकारले गरेको हो । यो सरकारले गरेको होइन’, उनले भने, ‘यो सरकार काण्डै काण्डमा परेको छ । एनसेल, सुन, वाइडबढीको भ्रष्टाचारमा सरकार डुबेको छ ।’

कृष्णबहादुर महरा सभामुख जस्तो पद गुमाएर नजरबन्दमा परेको उनले बताएका छन् । ‘अदालतको निर्णयलाई मान्नुपर्छ । सभामुख र उपसभामुख एउटै पार्टी हुनु हुँदैन’, उनले भने, ‘उहाँहरूले नेकपा भनेर पार्टी बनाउनु भएको छ । दुई वटा अध्यक्ष छन् ।’

‘संविधान मिच्ने काम गर्नु हुँदैन । सभामुखमा हाम्रो दाबी छ । तर, उहाँहरूको बहुमत छ’, उनले भने, ‘ सभामुख उहाँहरूले पाउनुपर्छ । एउटा पद छाड्नै पर्छ ।’

Published : Sunday, 2019 October 20, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया