एनआरएनएमा कम्युनिस्टहरूले खोजे कांग्रेसका आचार्यको साथ

काठमाडौं । गैर आवसिय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका कुमार पन्तले नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट अध्यक्षमा पराजित कुल आचार्यलाई सल्लाहकारमा नियुक्त गरेका छन् ।

संघको नयाँ कार्यसमितिको काठमाडौंमा शनिबार बसेको बैठकले नेपाली कांग्रेस निकटका आचार्यलाई सल्लाहकारमा नियुक्त गरेको हो ।

आचार्यसँग संघको सल्लाहकारमा अध्यक्ष पन्तले विभिन्न देशका ११ जनालाई सल्लाहकारमा नियुक्त गरेका छन् ।

सल्लाहकारमा नियुक्त हुनेमा समाजसेवी तथा उद्यमी अमेरिका निवासी हरिबोल भण्डारी पनि छन् ।

संघले विश्व आदर्श पण्डित, जानकी गुरुङ, सोमप्रसाद सापकोटा, रामेश्वर शाह, पुस्कर तिमिल्सिना, सपिला राजभण्डारी, एसी शेर्पा, त्रिलोक गुरुङ र टीबी कार्कीलाई सल्लाहकारमा नियुक्त गरेको छ ।

सत्तारुढ नेकपा र नेपाली कांग्रेस निकटका एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेसहितका अन्तरघातीले एनआरएनएको अध्यक्षमा कम्युनिस्ट निकटका कुमार पन्तलाई साथ दिँदा कांग्रेस निकटका कुल आचार्यसहितको अधिकांश टिम पराजित भएको थियो ।

Published : Saturday, 2019 October 19, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया