गृहद्वारा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा

काठमाडौं । सरकारले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।

कात्तिक १ गतेको गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सरकारले बर्दिया, स्याङजा, गुल्मी, दार्चुला र ईलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुमा सुरुवा गरेको हो ।

रामबहादुर कुरुम्वाङलाई बर्दियाबाट स्याङजा सरुवा गरिएको छ । कोशहरि निरौलालाई स्याङजाबाट गुल्मीमा सरुवा गरिएको छ ।

यदुनाथ पौडेललाई गुल्मीबाट दार्चुला, शंकरबहादुर विष्टलाई दार्चुलाबाट ईलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तु र प्रेमलाल लामिछानेलाई चन्द्रौटाबाट बर्दिया सुरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2019 October 19, 8:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया