एनआरएनएको प्रारम्भीक नतिजामा कांग्रेस अगाडि, कम्युनिस्टले पछ्याउँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रारम्भीक नतिजाअनुसार नेपाली कांग्रेस निकटका अध्यक्षका उम्मेदवार कुल आचार्य अगाडि देखिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका उम्मेदवार कुमार पन्त प्रारम्भीक नतिजामा पछाडि देखिएका छन् ।

निर्वाचन समितिका संयोजक शिव रिजालका अनुसार अफ्रिकामा कुमार पन्तले ८ मत पाएका छन् । कुल आचार्यले ७ मत पाएका छन् ।

ओसियानामा भने कुल आचार्यले १११ र कुमार पन्तले ९३ मत पाएका छन् ।

निर्वाचन समितिका संयोजक शिव रिजालका अनुसार १६ सय मत गणना भएको छ । अझै सात सय मत गणना गर्न बाँकी छ । ‘१६ सय मत गणना भइसकेको छ । यो मत गणनाको नतिजा केही समय पछि सार्वजनिक गर्ने छौँ’, उनले भने, ‘अन्तिम नतिजा आउन ३–४ घण्टा लाग्न सक्छ ।’

स्रोतका अनुसार ८ सय मत गणनामा कुमार पन्त अगाडि रहेका छन् ।

एनआरएनएको निर्वाचनमा सत्तारुढ दल नेकपाका निकटका अध्यक्षका उम्मेदवार कुमार पन्तलाई जिताउन विभिन्न षड्यन्त्र र धाँधली गरिरहेको नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहको आरोप छ ।

मत गणना गर्नुभन्दा अगाडि पनि लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार कुल आचार्यका प्रतिनिधिहरूलाई मतगणना हुने स्थलमा प्रवेश गर्न नदिएको भन्दै प्रदर्शन भएको थियो ।

Published : Friday, 2019 October 18, 6:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया