कम्युनिस्ट सरकारका दुई मन्त्रीको पुत्ला जल्यो

जनकपुरधाम । आफ्ना सांसदलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले जनकपुरमा गृहमन्त्री रामबहादुर थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पुतला जलाएको छ ।

प्रतिनिधि सभाका सांसद साहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपा धनुषाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका मन्त्रीहरूको जनाएको हो ।

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा प्रहरीले साहलाई पक्राउ गरेको छ ।

ठूलो संख्यामा जम्मा भएका राजपाका नेता तथा कार्यकता कम्युनिस्ट सरकार र प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

राजपा नेपालको आन्दोलन कार्यक्रमअन्तर्गत शुक्रबार जुलुस प्रदर्शन गरिनेछ । कात्तिक २ गते शनिबार धनुषा जिल्ला बन्दको आह्वान गरिएको छ ।

Published : Thursday, 2019 October 17, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया