‘विप्लव’का दाईसहित २१ ठूला नेता पक्राउ

लमही । दाङ जिल्लामा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २१ जना केन्द्रीय तहका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठौरको कमाण्डमा खटिएको प्रहरी टोलीले ६ जना केन्द्रीय सदस्यसहित २१ जना केन्द्र तहका नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ‘विप्लव’का दाई चन्द्रबहादुर चन्द ‘वीरजंग’सहित रहेका छन् । उनले पश्चिम नेपालको कमाण्ड सम्हाल्दै आएका छन् ।

राप्ती व्युरोका प्रमुख चेतबहादुर बाठा पनि पक्राउ परेको उच्च स्रोतले जनाएको छ । उनीहरूलाई राजपुर गाउँपालिका–४ मुङ्रेटाखोलाबाट पक्राउ गरेको जनाइएको छ ।

पार्टीको राप्ती ब्यूरो बैठकमा प्रहरीले हस्तक्षेप गरेको नेकपाका एक नेताले बताएका छन् ।

बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्य एवम् कमाण्ड ईन्चार्ज वीरंजग, राप्ती ब्यूरो ईञ्चार्ज सुवास, युवा संगठनका अध्यक्ष पाटनसहित २१ नेता पक्राउ परेको उनीहरूले बताएका छन् ।

Published : Thursday, 2019 October 17, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया