कांग्रेसको कार्यक्रम नक्कल गर्ने नेकपालाई देउवाले दिए धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले गर्दै आएको चियापान कार्यक्रमलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि निरन्तरता दिएकोमा धन्यावाद दिएका छन् ।

उनले दशैं, तिहार, छठ लगायतका पर्वका अवसरमा चियापान कार्यक्रम गरेकोमा सत्तारुढ दल नेकपालाई धन्यवाद दिएका हुन् ।

चाडपर्वका अवसरमा चियापन कार्यक्रमको सुरुवात नेपाली कांग्रेसका नेता वीपी कोइरालाले गरेको उनले उल्लेख गरे । देउवाले वीपीको सिको गर्दै चियापानलाई निरन्तरता दिएकोमा नेकपालाई धन्यवाद दिएका छन् ।

‘चियापानको सुरुवात कांग्रेसको आदरणीय नेता विपी कोइरालाले गर्नुभएको थियो’, देउवाले भने, ‘अहिले सबै पार्टीहरूले चियापानको सुरुवात गरेर दशैं, दीपावली, नेपाल संवत, छठ, उधौली, उभौली लगायत चाडको उपलक्षमा भेटघाट शुभकमना आदनप्रदान कार्यक्रम गर्न थालेका छन् ।’

‘नेकपाले पनि गरेकोमा प्रधानमन्त्रीलगायत उहाँहरूलाई धन्यवाद दिन चाहन्छु’, सभापति देउवाले भनेका छन् ।

सभापति देउवाले चाडपर्वका अवसरमा हुने यस्ता कार्यक्रमले राष्ट्रिय एकतालाई बलियो बनाउन मद्धत गर्ने पनि बताए ।

‘यस्तो कार्यक्रम र भेटघाटको अवसरले सबै पार्टीहरूलाई नजिक ल्याउने काम गर्दछ’, देउवाले भने, ‘यस्तो कुराले नेपालको राष्ट्रिय एकतालाई बलियो पार्न सहयोग पुग्दछ ।’

Published : Wednesday, 2019 October 16, 11:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया