अर्का भीआईपी अरिँगालको निद हराम, अपराधीसँग कठाेर बन्दै आईजीपी खनाल

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद संघीय सांसद पार्वत गुरुङलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका गुरुङलाई काठमाडौं जिल्ला अदालतले यस्तो अनुमति दिएको हो । भदौ १६ गते जिल्ला प्रहरी कार्यालय दोलखालाई पत्र पठाउँदै सांसद गुरुङलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

वीरध्वज खड्काले वैशाख २९ गते काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए ।

०७४ सालमा भएको स्थानीय चुनावपछि वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।

खड्काले आफूमाथि सांसद गुरुङसहितको संलग्नतामा आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगका किटानी दर्ता गराएका थिए ।

जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङसमक्ष म्याद तामेल गरेको छ ।

पार्वत गुरुङ

०७० सालको संविधानसभामा समेत दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका गुरुङ ०७४ सालको चुनावमा दोलखा क्षेत्र नम्बर १ बाट ५५ हजार ९ सय ५४ मत ल्याएर विजयी भएका थिए ।

नेकपाका सांसद कृष्णबहादुर महरा अकार्की पत्नीलाई जबरजस्ती करणी गरेको अभियोगमा, नेपाली कांग्रेसका रौटहटका सांसद मोहम्मत अफताव आलम व्यक्ति हत्याको अभियोग र राजपा नेपालका सांसद विमानस्थलमा तोडफोड गरेको अभियोगमा पक्राउ परेकै बेला प्रहरीले नेकपाकै सांसद गुरुङलाई पक्राउ गर्ने तयारी गरेको हो ।

नेपाल प्रहरीका आईजीपी सर्वोन्द्र खनालले अपराध गर्ने जो कोहीलाई उन्मुक्ति नदिने गरेर कुटनीतिक रुपमा गतिविधि गरेपछि धेरै भीआईपी अरिँगालहरूलाई तनाब बढेको छ ।

Published : Wednesday, 2019 October 16, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया