कांग्रेससँग हार्ने भएपछि हर्कतमा आयो पन्त समूह, एनआरएनएमा धाँधलीको संकेत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९औँ सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरु भएको छ ।

सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि अध्यक्षमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट कुल आचार्यको समूहले उम्मेदवारी घोषणा गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहबाट कुमार पन्तको समूह मैदानमा उत्रिएको छ । पन्तले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

निर्वाचनमा प्रगतिशीलको कुमार पन्त समूह कमजोर देखिएपछि धाँधलीको संकेत देखिन थालेको छ । पन्त समूहले सत्ताको दुरुपयोग गरेर आफ्ना विरोधी प्रतिनिधिहरूको नाम काट्ने, सम्मेलनका बारेमा प्रश्नहरू गर्दा हातपातसम्मका हर्कत गर्न थालेको आरोप लागेको छ ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकार हरेक क्षेत्रमा असफल हुँदै गएपछि पछिल्लो समय भएका हरेक निर्वाचनमा प्रगतिशील समूह पराजित हुँदै गएको छ ।

यस्तो बेला महत्वपूर्ण मानिएको एनआरएनएको निर्वाचन पनि आफ्नो हातबाट गुम्ने खतरा बढेपछि नेकपाका नेताहरूले सामदाम, दण्ड, भेद सबै प्रयोग गरेर एनआरएनएको निर्वाचन गुम्न नदिने रणनीतिमा लागेको स्रोतले जनाएको छ ।

प्रतिनिधिहरूको विश्वास नलागेर एनआरएनएको निर्वाचनमा आफूलाई जसरी पनि जिताउन सहयोग गर्न प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार पन्तले नेकपाका नेता र कम्युनिस्ट सरकारका मन्त्रीहरूसँग आग्रह गरेको स्रोतले जनाएको छ ।

कुमार पन्तले ‘जनता जान्न चाहन्छन्’ नामक कार्यक्रममा अन्तर्वार्ताका क्रममा आफूलाई प्रधानमन्त्री खड्गप्रसाद ओली, नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल, एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछाने लगायतको समर्थन रहेको बताएका छन् ।

प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार कुमार पन्तको आग्रहमा नेकपाले झण्डै दुई सय प्रतिनिधिहरूलाई ठमेलको एउटा होटेलमा सोमबार राति रात्रिभोज दिएको छ । रात्रि भोजमा नेकपा निकटका प्रतिनिधिहरू सहभागी थिए । सो कार्यक्रममा सहभागी भूमा लिम्बुले कुमार पन्तको पक्षमा भोट मागेकी थिइन् ।

८१ देशबाट झण्डै २६ सय प्रतिनिधि सहभागी भएको सम्मेलनमा कम्युनिस्ट सरकारको असफलताको आक्रोश प्रतिनिधिहरूमा देखिएको छ ।

कामभन्दा गफ मात्रै गरेर जनताको दैनिकी बिग्रिने गरेर कर बढाएको दुईतिहाइको कम्युनिस्ट सरकारले प्रगतिशील समूहलाई जसरी पनि जिताउन दवाव दिएको स्रोतले जनाएको छ ।

लोकतान्त्रिक समूहले प्रगतिशील समूहको हर्कतको भण्डाफोर गर्न शुरु गरेको छ । कुल आचार्य समूहले एनआरएनएका प्रतिनिधिहरू न्यायको पक्षमा रहेको भन्दै न्याय र अन्यायको मूल्यांकन गर्ने जनाएको छ ।

कुमार पन्तको प्रगतिशील समूहको हर्कत र धाँधलीको कुल आचार्य समूहले पत्रकार सम्मेलन गरेर भाण्डाफोर गर्ने तयारी गरेकाे छ ।

एनआरएनएमा पनि ‘अरिँगाल’ आतंक, कुटपिटमा उत्रिए पन्त

 

Published : Tuesday, 2019 October 15, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया