बाँसबारीमा कांग्रेसका शीर्ष नेताहरूकाे जमघट

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले गैर आवासीय नेपाली संघ (एनआरउनए)का प्रतिनिधिहरूको स्वागतमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

उनले सोमबार आफ्नै निवास बाँसबारीमा गैर आवासीय नेपाली संघका प्रतिनिधिहरूलाई चियापान कार्यक्रम राखेर स्वागत गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रामशरण महत, प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रिय सभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रबहादुर पाण्डेलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका शीर्ष नेताहरूले एनआरएनएको निर्वाचनमा लोकतान्त्रिक समूहको जितका बारेमा परामर्श गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षहरू जीवा लामिछाने र शेष घलेसहित पदाधिकारी र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सहमहामन्त्री डा.महतको चियापान कार्यक्रममा थोरै मात्रै एनआरएनएका प्रतिनिधिहरू आएपछि चियापान कार्यक्रम खल्लो भएको थियो ।

Published : Monday, 2019 October 14, 6:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया