कांग्रेसको मनोबल बढेको देखेपछि झस्किए प्रचण्ड, गरे प्रशंसा

काठमाडौं । सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको मनोबल बढेको भन्दै प्रशंसा गरेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदान प्रदान गर्न आयोजित चियापानलाई सम्बोधन गर्दै दाहालले कांग्रेसको मनोबल बढेको भन्दै खुसी व्यक्त गरे ।

‘म चियापान कार्यक्रममा आउँदा परिवर्तनका सहयात्री कहाँ आएजस्तो लाग्छ’, उनले भने, ‘हेरौं राजनीतिले कसरी कोल्टे फेर्छ ।’

दाहालले दिवंगत नेता एवम् नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले सुरू गरेको एकता, सहकार्य र सहयात्राले मुलुकलाई यो स्थानसम्म डो¥याएको बताएका छन् ।

उनले विगतका प्रतिबद्धताप्रति दृढ रहन यस्ता चियापानले महत्वपूर्ण भूमिका खेल्ने पनि बताएका छन् ।

‘विगतमा हामीले गरेका संकल्प र प्रतिवद्धताप्रति दृढ रहनुपर्छ’, दाहालले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशको स्वाधीनताको रक्षा र जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्ने कुरा नै आजको आवश्यकता हो ।’

Published : Sunday, 2019 October 13, 11:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया