कांग्रेसको चियापान भव्य र सभ्य, लाेभलाग्ने व्यवस्थापन (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसले दशैँ, तिहार, नेपाल सम्वत, छठसहितका पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्न चियापान कार्यक्रमको आयोजना गरेको छ ।

चियापान तथा शुभकामना आदान प्रदानको कार्यक्रम ललितपुरको सानेपास्थिट पार्टी केन्द्रीय कार्यालयमा भएको हो । काठमाडौं उपत्यका जिल्लाहरूले आ–आफ्नै तरिकाले चियापान कार्यक्रम गरेका छन् ।

चियापान कार्यक्रमलाई नेपाल तरुण दलसहितका भ्रातृ संस्थाहरूले स्वयं सेवकका रुपमा व्यवस्थापन गरेका थिए ।

अघिल्ला वर्षभन्दा यस पटक नेपाली कांग्रेसको चियापान कार्यक्रम भव्य र सभ्य रहेको नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए ।

नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

विक्रम सम्वत २०३३ मा जननेता वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि विक्रम सम्वत ०३५ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, सञ्चारकर्मीलगायत विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

यस वर्षको चियापन समारोहमा नेपाली कांग्रेसले रक्तदान कार्यक्रम पनि थप गरेको छ ।

नेपाली कांग्रेसले आइतबार काठमाडौं, भक्तपुर र ललितपुर उपत्यकाका तीन जिल्लाको हकमा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लाका सदरमुकाममा सम्बन्धित जिल्ला कार्यसमितिले चियापान समारोह आयोजना गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

Published : Sunday, 2019 October 13, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया