दरबारमार्गको क्लब भिक्ट्री आगोले ध्वस्त

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा भिषण आगलागी भएको छ ।

आइतबार राति आगलागी हुँदा लाखौँको क्षति भएको छ । आगलागी करीव ३ घण्टापछि नियन्त्रणमा आएको छ ।

क्लवमा विद्युत् सर्ट भएर आगो लागेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकल खटिएको थियो ।

जेनेरेटसम्म झिल्को पुगेपछि भीषण आगलागी भएको थियो । आगलागीबाट क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ ।

आगो निभाउने क्रममा एक जना फायर फाइटर घाइते भएका छन् ।

घाइते फायर फाइटरलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

Published : Sunday, 2019 October 13, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया