निजामती कर्मचारीले सीलाई अनिवार्य स्वागत गर्नुपर्ने, अन्यथा कारबाही

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा ड्रेससहित सडकमा आउन निजामती कर्मचारीहरूलाई निर्देशन दिएको छ ।

शनिबार काठमाडौं आउन लागेका चिनियाँ राष्ट्रपति सीको स्वागत र विदाइका लागि निजामती कर्मचारीलाई सडकमा खटाइन लागिएको हो ।

राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार कर्मचारीले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्नेछन् ।

निजामती कर्मचारीहरूलाई निजामती पोसाक लगाएर शनिबार दिउँसो ३ः४५ बजे र आइतबार बिान ११ः१५ बजे आउन निर्देशन दिइएको एक कर्मचारीले बताए ।

सबै मन्त्रालयलाई १०० जना कर्मचारी ल्याउनपर्ने कोटा तोकिएको छ । कर्मचारी राख्ने आ–आफ्नो ठाउँ तोकिएको छ ।

तोकिएको ठाउँमा कर्मचारी आए नआएको हेर्न सडकमै हाजिर गर्ने व्यवस्था समेत मिलाइएको स्रोतले जनाएको छ ।

यसअघि कम्युनिस्ट सरकारले निजामती कर्मचारीहरूलाई संविधान दिवसका दिन पनि अनिर्वाय रुपमा कार्यक्रममा सहभागी हुन निर्देशन दिएको थियो ।

Published : Friday, 2019 October 11, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया