यस्तो रह्यो कांग्रेस नेताहरुको दशैँ, देउवाले टीका लगाउन पाएनन् (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले यस वर्षको दशैँको टीका हर्रोल्लासकासाथ लगाएका छन् ।

मान्यजनसँग टीका र आर्शीवाद लिनुका साथै टीका लगाउन आउनेलाई टीका, जमरा र आशीर्वाद दिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस पटक दशैँको टीका लगाउन पाएनन् । पारिवारिक शोकमा रहेका कारण देउवाले यो दशैँमा टीका नलगाएको निजी सहयोगी भानु देउवाले बताए ।

घरमा भेट्न आउनेलाई शुभेच्छुक र पार्टीका नेता तथा कार्यकर्तालाई सभापति देउवाले शुभकामना र आशीर्वाद भने दिएका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा.मीनेन्द्र रिजालले यस पटकको दशैँ छोराबुहारीसँग मलेसियामा मनाए । डा.रिजाल पत्नीसहित मलेसिया गएका थिए ।

केन्द्रीय सदस्य एवम् सांसद मीनबहादुर विश्वकर्माले अमेरिकामा आफन्तहरुसँग दशैँ मनाए ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले आफ्ना बुबाआमासँग काठमाडौंमा दशैँको टीका लगाए । आफ्ना शुभेच्छुक र जिल्लाबासीहरुलाई खतिवडाले दशैँको टीका, जमरा र आशीर्वाद दिएका छन् ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पनि दशैँको टीका लगाएका छन् । उनले युवा तरुणहरुलाई पनि दशैँको टीका लगाइदिएका थिए ।

नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले पनि परिवारसँग काठमाडौंमै दशैँ मनाएका छन् । उनले पनि टीका लगाउन आएका युवा तरुणहरुलाई टीका लगाइदिएका छन् ।

नेपाली कांग्रेसी राष्ट्रिय सभाकी सांसद अनिता देवकोटा, प्रतिनिधि सभाकी सांसद रंगमती शाही, कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाहीलगायतले पनि हर्सोल्लासका साथ दशैँको टीका लगाएका छन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् तरुण दलका पूर्वमहासचिव जन्मजय तिमल्सिनाको यस पटक दशैँ थिएन ।

Published : Wednesday, 2019 October 9, 7:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया