दाङका घरघरमा महरा ‘अंकल’को ‘यौनलीला’को चर्चा, आफ्नैले छाडे साथ

घोराही । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् तत्कालीन सभामुख कृष्णबहादुर महरा अकार्की पत्नीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेपछि दाङका मतदाताहरु आक्रोशित भएका छन् ।

विश्वास गरिएका महराद्धारा भएको हर्कतले मतदाताहरुको चित्त दुखेको छ । दाङ क्षेत्र नं. २ बाट ०७४ को प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका महराले मतदाताहरुको विश्वास गुमाएको चर्चा हुन थालेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैह्रागाउँ घर भएका महराले यति ठूलो विश्वासघात गर्छन् भनेर मतदाताले अनुमान पनि गरेका थिएनन् । भरतपुर निवास सन्तोष आचार्यले महराले दङगाली मतदाताहरुको विश्वासमा घात गरेको बताए ।

‘हामीले कृष्णबहादुर महराको व्यक्तित्व हेरेर मतदान गरेका हौँ । उहाँले दाङको विकास गर्नु हुन्छ भनेर मतदान गरेर विजयी बनाइ पठाएका हौँ’, उनले भने, ‘यसरी अकार्की पत्नी छोरीचेलीलाई करणी गर्ने थाहा पाएका भए हामीले मतदान गर्ने थिएनौँ ।’

आचार्यले महराले दाङको बद्नाम गरेको बताए । आचार्य पूर्वएमाले निकटका हुन् ।

नारायणपुर बजारका रमेश डाँगीले पनि महराको हर्कतले दङगाली जनताको मनमा ठेस लागेको बताए । उनले भने, ‘पहिला मैले कांग्रेसलाई मतदान गर्दै आएको थिएँ । यस पटक महरा जस्तो व्यक्ति आएकाले मतदान गरेको थिएँ । उहाँ त खराब हुनुहुँदो रहेछ ।’

दाङमा माओवादी पृष्ठभूमि भएका नेता तथा कार्यकर्ताहरु पनि महराको काण्डपछि चिन्तित बनेका छन् । उनीहरुले महराको बचाउन गर्ने प्रयास गरेपछि मनोबल गिरेको छ । दाङमा घरघरमा महराको यौनलीलाको चार्चा छ । साना साना बालबालिकाहरुलाई पनि महराको यौनलीलाका बारेमा जानकारी छ ।

सीमित व्यक्तिहरुले मात्रै महराको समर्थन गरेका छन् । अधिकांश दङगालीहरुले महराको काण्डको विरोध गरेका छन् ।

कथित जनयुद्धका बेला यौनकाण्ड हुँदा भाटे कारबाही गर्ने माओवादीकै ठूला नेताहरु नै यस्ता हर्कतमा खुलेरै देखिएपछि नेकपाका नेताहरुको चरित्र र व्यवहार उदाङगो भएको चर्चा हुन थालेको छ ।

महराको निकट रहेर अकुत कमाएका र अवसर पाएकाहरुले पनि महराको साथ छाडेका छन् । उनीहरुले महरालाई साथ दिनेभन्दा पनि अबसरवादी कुरा गर्ने गरेको स्थानीय माओवादी नेताहरुको भनाइ छ ।

Published : Monday, 2019 October 7, 7:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया