अकार्की पत्नी भ्याउने काण्डकारी महराको दशैँ बिग्रियो, घरमा रुवाबासी

काठमाडौं । परस्त्री काण्डमा परेका कृष्णबहादुर महराले आफ्नो सभामुख पदबाट दिएको राजीनामाका बारेमा संसद सचिवालयलाई जानकारी दिएको छ ।

अकार्की पत्नीसँग जबरजस्ती शारीरिक यौन शोषण गरेको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका महराले बुधबार दोस्रो राजीनामा पत्र उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई बुझाएका हुन् । उनले दोस्रो राजीनामा पत्रमा पनि सांसद भने त्यागेका छैनन् ।

महराले मंगलबार दिएको राजीनामा पत्र सच्याउँदै अर्को राजीनामा पत्र उपसभामुख महरालाई बुझाएका हुन् । उनले मंगलबारकै मितिमा राजीनामा पत्रको व्यहोरा सच्याएर उपसभामुख तुम्बाहाम्फेलाई दिएका हुन् ।

महराले मंगलबार छानबिन प्रक्रिया नसकिंदासम्मका लागि भन्दै राजीनामा दिएको उल्लेख गरेका थिए । महराले नयाँ राजीनामा पत्रमा भने त्यो वाक्य हटाएका छन् ।

महराले नयाँ राजीनामा पत्रमा नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु भनेर उल्लेख गरेका छन् ।

उनको राजीनामा सर्तसहितको भएको भन्दै नेकपाकै नेताहरूले आलोचना गरेका थिए । उपसभामुख तुम्बाहाम्फेले महराको राजीनामा पत्र बोकेर आएका उनका स्वकीय सचिव सागर केसीलाई सर्तसहितको राजीनामा पत्रमा असन्तुष्टि जनाएकी थिइन् ।

उनले राजीनामा पत्रको व्यहोरा सच्याउन महरालाई खबर पठाएकी थिइन् । महराका स्वकीय सचिव केसी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जेठा ज्वाइँ हुन् ।

संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीलाई जबरजस्ती शारीरिक यौन सम्पर्क गरेको आरोप लागेपछि महरालाई सभामुख र सांसद पदबाट राजीनामा गर्न नेकपाको सचिवालय बैठकले सुझाव दिएको थियो ।

महराले सभामुख पदबाट मात्र राजीनामा दिएका छन् । उनले सचिवालय बैठकको निर्णयअनुसार सांसद पदबाट राजीनामा दिएका छैनन् ।

महराले नयाँ राजीनामा पत्र बुझाएपछि संघीय संसद सचिवालयले राजीनामाको सूचना टाँसेको छ ।

एमालेको सहयोगमा महरा माओवादी केन्द्रबाट दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । रोल्पाका महरा निर्वाचन जित्नकै लागि दाङ झरेका थिए । महरालाई रोल्पाबाट लखेट्नका लागि वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्तीको ठूलो भूमिका थियो ।

सांसद पदबाट राजीनामा नदिए राजनीतिक दलसम्बन्धी ऐनको दल त्यागसम्बन्धी व्यवस्थामार्फत् महरालाई हटाउने चेतावनी नेकपाले महरालाई दिइसकेको छ ।

महराले राजीनामा दिएसँगै उनको नाम संघीय संसद सचिवालयको वेवसाइटबाट समेत हटाइएको छ ।

महराले सांसद पदबाट मुक्त हुन फेरि अर्को राजीनामा दिनु पर्ने नेकपाका एक नेताले बताएका छन् ।

महराले सांसदबाट पनि उपसभामुख तुम्बाहाम्फेलाई नै राजीनामा बुझाउनु पर्छ । सभामुख पदको राजीनामा कसैले स्वीकृत गर्न नपर्ने भए पनि सांसदको राजीनामा उपसभामुखले स्वीकृत गर्नु पर्ने हुन्छ ।

यो काण्डसँगै महराको दशैँ विथोलिएको छ । त्यति मात्रै होइन महराका दुई छोराले बन्दुक बोकेका तस्वीर फेसबुकमा राखेर विरोधीहरूलाई धम्की समेत दिएका छन् ।

Published : Wednesday, 2019 October 2, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया