शारीरिक सम्पर्क गर्नु अगाडि सभामुख महराले पिएको मदिराको मूल्य कति ?

काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी महिलासँग जबरजस्ती शारीरिक सम्पर्क गर्नु अगाडि मदिरा सेवन गरेको खुलासा भएको छ ।

हाम्राकुरा नामक अनलाइनका अनुसार सभामुख महराले संसद सचिवालयकी ती महिला कर्मचारीलाई आइतबार साँझ शारीरिक सम्पर्क गर्ने क्रममा मदिरा सेवन गरेको खुलेको हो ।

मदिरा पिएर आफै बोतल बोकेर ती महिला कर्मचारीको डेरामा भित्रिएका महराले स्न्याक्सपनि साथमै लगेर गएका थिए । दुई वटा गिलासमा मदिरा राखेपनि महराको दवावमा ती महिला कर्मचारी र महराले एउटै गिलासमा मदिरा सेवन गरेका थिए ।

ती महिला र सभामुख महराले बाेतलकाे मदिरा आधा सिध्याएका थिए ।

त्यसपछि महराले ती महिला कर्मचारीलाई कोठामा रहेको खाटमा सुताएर जबरजस्ती शारीरिक सम्पर्क गरेको ती महिलाले बताएकी छिन् । त्यति मात्रै होइन सभामुख महरा ती महिला कर्मचारीलाई कुटपिट गर्नुका साथै मुख च्यात्ने प्रयास गरेका थिए ।

यो घटनाको जानकारी ती महिला कर्मचारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नेतृहरू पम्फा भुसाल र अनेसरी घर्तीका साथै महराका कान्छो छोरा राहुल महरालाई पनि जानकारी गराएको ती महिला कर्मचारीले बताएकी छिन् ।

महराले ती महिला कर्मचारीलाई घटना बाहिर नल्याउन पटक पटक दवाव दिएको पनि खुलेको छ ।

महराले १२ वर्ष पुरानो ‘हिमालयन रिजर्भ ह्वीस्की’ पिएर आफूलाई काठमाडौंको तीनकुनेस्थित डेरामा जबरजस्ती शारीरिक सम्पर्क गरेको ती पीडित महिलाले बताएकी छिन् ।

आफूलाई महराले जबरजस्ती शारीरिक सम्पर्क गरेपछि उनले घरबेटीलाई भनेकी थिइन् । त्यसपछि तीनकुनेको प्रहरीलाई खबर गरिएको ती महिलाले बताएकी छिन् । प्रहरीले कोठाको फोटो खिचेर लगेपनि यस घटनाबारेमा अनभिज्ञता जनाएको छ ।

सभामुख महराले ती महिलासँग पिएको रक्सीको मूल्य न्युनतम २४ देखि २८ सयसम्म पर्छ । यो मूल्य ७५० एमएलको बोतलको दररेट हो ।

४२.८ प्रतिशत अल्कोहल मिसिएको यो मदिरा १२ वर्ष पुरानो ब्राण्डको छ । स्कच माल्ट क्वालिटीको यो मदिराको स्प्रिट स्कटल्याण्डबाट ल्याएर हिमालको पानी मिसाएर बनाउने गरिएको वेबसाइटमा उल्लेख छ ।

उता, सभामुख महराले आफूलाई लागेको आरोप झुठ्ठा रहेको दाबी गरेका छन् । कर्मचारी समायोजनको रिस ती महिलाले पोखेको महराको भनाइ छ ।

Published : Monday, 2019 September 30, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया