डा.रिजालमाथि अरिँगालहरूको हर्कतले रिसाए बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले तनहुँ जिल्लाका ऋषिङ्ग गाउँपालिकामा सांसद डा.मीनेन्द्र रिजालमाथि भएको घटनाप्रति गम्भीर चिनता जनाएका छन् ।

खाँणले आइतबार साँझ विज्ञप्ति जारी गरेर गाउँपालिकाको भवन शिलन्यासका लागि त्यसतर्फ जाँदै गरेका पूर्वमन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा.रिजाल लगायत पार्टीका साथीहरूलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले अपराधीशैलीमा बाटोमा अवरोध सृजना गर्नुका साथै विभिन्न स्थानमा ढुंङ्गामुढा गर्ने प्रयास समेत भएकोप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

प्रमुख सचेतक खाँणले आइतबार साँझ विज्ञप्ति जारी गरेर प्रहरी एवं स्थानीय प्रशासनलाई पूर्व जानकारी हुँदाहुँदै पनि राष्ट्रको उच्च पदमा रहेका प्रतिनिधि सभाका सदस्यलाई सुरक्षा दिन नसक्नु सरकार एवं स्थानीय प्रशासनको गम्भीर कमजोरी नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले जनाएका हुन् ।

यस घटनाले सरकार, प्रहरी तथा स्थानीय प्रशासनको गैरजिम्मेवारीपन छर्लङ्ग भएको खाँणले जनाएका छन् ।

सत्ताको आडमा नेपालको संविधानलाई ठाडो चुनौती दिँदै नेपाली कांग्रेसका नेता खाँणले यस घृणित एवं अपराधिक कार्यप्रति नेपाली कांग्रेस घोर भर्त्सना गरेको जनाएका छन् ।

‘नेकपाका कार्यकर्ताहरूले एकपछि अर्को दिनप्रति दिन अपराधिक घटनाहरू घटाइरहेको हुँदा यस प्रकृतिका घटनाहरू तत्काल रोक्नका लागि नेपाली कांग्रेस सचेत गर्दछ’, खाँणले चेतावनी दिएका छन् ।

‘यस घटनामा संलग्न दोषीहरूलाई कानूनी कारवाही गर्न र यस्ता प्रकृतिका घटनाहरू दिनप्रतिदिन घट्न नदिन तथा नेपालको संविधान प्रदत्त हक अधिकार र आधारभूत स्वतन्त्रतालाई सुनिश्चित गर्न नेपाल सरकारसँग नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद डा.रिजाललाई नेकपाका नेता तथा कार्यकर्ताले तनहुँ जिल्लाको कार्यक्रममा सहभागी हुन जाने क्रममा अबरोध सिर्जना गरेपछि संसदीय दलका प्रमुख सचेतक खाँणले विज्ञप्ति जारी गरेर घटनाको विरोध गरेका हुन् ।

Published : Sunday, 2019 September 29, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया