कम्युनिस्ट अरिँगालहरूको हर्कतबाट रिसायो तरुण दल, अब बदला लिने

काठमाडौं । नेपाल तरुण दलले दुई तिहाइको बलियो कम्युनिस्ट सरकारको दम्भको ज्यादती बढ्दै गएको भन्दै कम्युनिस्टहरू अहँकारको प्रतिकार गर्ने चेतावनी दिएको छ ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आइतबार साँझ विज्ञप्ति जारी गरेर नेकपाका अरिँगालहरूलाई अनुशासनमा बस्न चेतावनी दिएकाे उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिएका छन् ।

‘नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान रक्षा गर्ने दायित्व युवा तरुणहरूको काँधमा आएको छ’, अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपाका अराजक कार्यकर्ताद्वारा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद डा.मीनेन्द्र रिजालमाथि तनहुँ जिल्लामा भएको घटनाले गम्भीर ध्यानाकषर्ण भएको छ ।’

नेकपाका अरिँगालहरूले आइतबार तनहुँको रिसिङमा भएको दुरव्यहारको चौतर्फी आलोचना भएको छ ।

त्यति मात्रै होइन नेपाली कांग्रेसका नेता डा.रिजालको कार्यक्रमलाई बिथोल्न नेकपाका अरिँगालहरूले रक्सीका खाली बोतल, लाठी लगायतका घरेलु हतियार लिएर अबरोधको प्रयास गरेका थिए ।

नेपाल तरुण दलले जनताले नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको संविधानको विपरित गर्ने क्रियाकलापको प्रतिकार गर्ने चेतावनी दिएको छ । यस्ता घटना दोहरिए तरुण दलले प्रतिकार गर्ने चेतावनी दिएको छ ।

Published : Sunday, 2019 September 29, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया