कांग्रेसमाथि ओलीका अरिँगालहरूले देखाए औकात

पोखरा । तनहुँ जिल्लाको रिसिङ गाउँपालिकाको भवन शिलान्यास गर्न पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले अवरोध गरेका छन् ।

आइतबार दमौलीबाट रिसिङ जाँदै गरेका रिजाललाई कार्यक्रमस्थल जान नदिन रूख ढालेर सडक अवरोध गरिएको थिए ।

‘सडकमा रूख ढालेर अवरोध गरे’, डा.रिजालले भने, ‘लाठी बोकेका युवा तैनाथ थिए। उनीहरूले प्रशासनको आडमा हामीमाथि अवरोध सिर्जना गरेका हुन् ।’

जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विनोद सिलवालले केहीबेर तनाव भए पनि प्रहरी परिचालन गरिएपछि अवस्था शान्त भएको दाबी गरेका छन् ।

‘केहीबेर तनाव भएको हो, हामीले प्रहरी पठाएपछि शान्त भयो’, उनले भने, ‘शिलान्यास कार्यक्रम सकेर मन्तव्य पनि भयो र उहाँहरू गन्तव्यतिर जाँदै हुनुहुन्छ ।’

नेकपाले सहमतिमै गाउँपालिका भवन निर्माण स्थल तोक्नुपर्ने बताउँदै कार्यक्रम अवरोध गरेको हो। घटनापछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले रिजालमाथि आक्रमण प्रयास गर्दै नेकपाले रिसिङ गाउँपालिकाका जनतामाथि अपमान गरिएको बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीका कार्यकर्ताले कांग्रेस नेता डा.रिजालमाथि अभद्र व्यवहार गरेपछि देशभरि विरोध भएको छ ।

Published : Sunday, 2019 September 29, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया