गगनले जिते आफ्ना मतदाताहरूको मन, खचाखच भरियो हल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले आफ्ना क्षेत्रका मतदातासँग शिर निहुराउने काम कहिल्यै नगर्ने वाचा गरेका छन् ।

दशैंको शुभकामना दिन आइतबार आयोजित कार्यक्रममा खचाखच उपस्थित आफ्ना मतदातासँग थापाले आफू कहिल्यै नथाक्ने र शिर निहुराउने काम पनि नगर्ने वाचा गरेका हुन् ।

थापाले निर्वाचन क्षेत्रका आफ्ना मतदातासँग विकास निर्माणका योजना सुनाएका थिए । उनले काठमाडौंका सडक सुधार र कालोपत्रेका लागि सडक विभागले दिएको हैरानी र कष्टका पीडा समेत सुनाएका थिए ।

थापाले तत्कालीन पञ्चायती शासनकालका ३० वर्ष व्यर्थमा बितेको र ०४६ सालदेखि ०७६ सालको अर्को ३० वर्षले पनि मुलुकले आर्थिक सम्वृद्धिको बाटो पकड्न नसकेको बताए ।

यही खालको राजनीतिक दिशाले छोराछोरीको पुस्तालेपनि नेपालमा सम्वृद्धि देख्न नसक्ने थापाको भनाई थियो ।

‘दुई कम्यूनिष्ट पार्टी एकीकरण भएर एउटै पार्टी मिल्दा दुवैको गुण समायोजन भई मुलुक अग्रगतिमा जाने अपेक्षा थियो’, थापाले भने, ‘अहिले दुवै पार्टीको अवगुणहरु मिल्न गएर मुलुक उल्टो गतिमा अघि बढ्न थालेको छ ।’

शुभकामना आदनप्रदान कार्यक्रममा थापा आफैँले निर्वाचन क्षेत्रका कार्यकर्ताहरुलाई खादा लगाएर सम्मान गरेका थिए ।

थापाले आफ्नो क्षेत्रका मतदाताहरूलाई चियापानका साथै सम्मान गरेका थिए । कार्यक्रममा थापाको सयौँ मतादाताहरू सहभागी भएका थिए ।

Published : Sunday, 2019 September 29, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया