प्रधानमन्त्री ओली र भारतीय राजदूत पुरीबीच भेटघाट

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली र नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान भएको भेटवार्तामा राजदूत पुरीले ओलीलाई ‘नेपालको सिख विरासत’बारे स्मारिका प्रदान गरेका छन् । भेटमा सिख समुदायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

प्रधानमन्त्री ओलीसँगको भेटमा सिख देल जठेदार अकाल तख्त, अध्यक्ष एसजीपीसी लगायतका अन्य प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

‘नेपालको सिख विरासत’ नामक पुस्तक भारतीय दूतावासद्वारा प्रकाशित गरिएको हो ।

सिख समुदायको सम्मानका लागि सिक्का निकालिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद समेत दिइएको छ ।

राजदूत पुरीले प्रधानमन्त्री ओलीलाई १२ नोभेम्बरमा भारतको सुल्तानपुर लोधीमा हुन लागेको सिख समुदायको भव्य समारोहमा सहभागिताका लागि आमन्त्रित गरेका छन् ।

निम्तो दिइएकोमा प्रधानमन्त्री ओलीले पनि राजदूत पुरी र सिख समुदायका प्रतिनिधिहरूलाई धन्यावाद दिएका छन् ।

Published : Saturday, 2019 September 28, 11:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया