माओवादीको उद्गम जिल्लामा कांग्रेसको सानदार कार्यक्रम (तस्वीर)

रोल्पा । नेपाली कांग्रेसले भदौ २४ गतेदेखि सबै जिल्लाहरूमा दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान चलाएको छ ।

प्रदेश निर्वाचन क्षेत्रहरू केन्द्रित अभियानले नेपाली कांग्रेसका कार्यकर्ताहरूमा उर्जा थपिदिएको छ । केन्द्रीय नेताहरूलाई पनि पार्टीको संगठन बनाउन दवाव परेको छ ।

नेपाली कांग्रेसले माओवादीको उद्गमस्थलका रुपमा चिनिएको रोल्पा जिल्लामा पनि जागरण अभियान चलाएको छ । नेताहरू गाउँ, घर र टोलमा आएर जागरण अभियान चलाउँदा स्थानीय कार्यकर्ताको मनोबल उच्च भएको नेपाली कांग्रेसका युवा नेता मनोजमणि आचार्यले जानकारी दिए ।

रोल्पा कांग्रेसका सभापति अमर पुन, युवा नेता मनोजमणि आचार्यसहितका नेताहरूले अभियानलाई सशक्त रुपमा अगाडि बढाएका छन् ।

रोल्पामा दुर्गम गाउँहरूमा समेत नेपाली कांग्रेसका नेताहरू पुगेर संगठित गर्ने प्रयासहरू गरेका छन् ।

नेपाली कांग्रेसका नेताहरूले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका गलत कुराहरूको गाउँका कार्यकर्तालाई जानकारी गराएका छन् । उनीहरूले कम्युनिस्टहरू भनेका झुठको खेती गर्नेहरूको समूह भएको भन्दै भण्डाफोर अभियान चलाएका छन् ।

कम्युनिस्ट सरकारले वाइडबडी, बालुवाटारको सरकारी जग्गा काण्ड, एनसेलको लाभ कर काण्ड लगायतका धेरै काण्डहरूको भण्डाफोर नेपाली कांग्रेसका नेताहरूले गरिदिएका छन् ।

नेपाली कांग्रेसले यस पटक ठूला कार्यक्रमहरू भन्दा पनि गाउँका स्थानीय नेता र कार्यकर्ताहरूसँग घर दैलोमा पुगेर सुझाव लिने र सरकारको भण्डाफोरको अभियान चलाएको छ ।

यो अभियान सफल भएको नेपाली कांग्रेसका नेताहरूले दाबी गरेका छन् ।

Published : Monday, 2019 September 16, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया