कांग्रेसको बोल्ड निर्णयले राष्ट्रिय सभापनि अबरुद्ध

काठमाडौं । बाँके घटनालाई लिएर नेपाली कांग्रेसले राष्ट्रिय सभा पनि अबरुद्ध गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बाँके घटनाका बारेमा जवाफ दिएका थिए । तर, नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ चित्त बुझाएन ।

त्यसपछि नेपाली कांग्रेसका सांसदहरू आ–आफ्नो सिटमा उभिएर बैठक अबरुद्ध गरेका थिए ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता शुरेन्द्र पाण्डेले बाँके घटनामा किटानी जाहेरी दिँदा पनि प्रहरी र स्थानीय प्रशासनले दर्ता गर्न नमानेको बताए ।

किटानी जाहेरी दर्ता गर्नुपर्ने भन्दै पौण्डेले कांग्रेसको कार्यक्रममा आक्रमण गर्नेहरूलाई कारबाहीको माग गरे ।

Published : Sunday, 2019 September 15, 3:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया