बारा प्रहरीले विप्लवको नेकपालाई ठूलो धक्का दियो

बारा । जिल्ला प्रहरी कार्यालय बाराले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ल ईञ्चार्जलाई पक्राउ गरेको छ ।

नेकपाको बारा जिल्ला ईञ्चार्ज आतिश मिश्रलाई शुक्रबार परवानीपुरबाट पक्राउ गरिएको बारा प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

मिश्रलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । उनले लुकेर आफ्ना गतिविधिहरू चलाउँदै आएका थिए ।

बारा प्रहरीले मिश्रलाई जेठ महिनामा सिमरामा भारतीय नम्बर प्लेटको गाडी जलाएको अभियोगमा खोजतलास गर्दै आएको थियो । मिश्रविरुद्ध बारा प्रहरीले विभिन्न दुई वटा मुद्धा चलाएको छ ।

खोजी सूचीमा रहेका ३३ वर्षीय आतिश मिश्रलाई बारा प्रहरीले लामो समयपछ पक्राउ गरेको हो ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । उनीहरूको गतिविधिलाई प्रहरीले निगरानी गर्दै आएको छ ।

यसैबीच, वन मुद्दामा अदालतबाट सजाय पाई १५ वर्षदेखि फरार रहँदै आएका छेदुर चौरसियालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बस्ने २८ वर्षीय चौरसियालाई पक्राउ गरिएको एसपी खनालले बताए ।

चौरसियालाई जिल्ला अदालत बाराले २०६१ साल चैत १६ गते वन मुद्दामा एक वर्ष कैद ठहर गरेकोमा हालसम्म उनी फरार रहँदै आएका थिए ।

चौरसियालाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ परेका चौरसियालाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद भुक्तानका लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Published : Friday, 2019 September 13, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया