कम्युनिस्ट गुण्डाहरूलाई कांग्रेसका जिल्ला सभापतिहरूकाे चेतावनी, मैदानमै सामना हुने

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले बाँके जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताबाट भएको हर्कतको विरोध गर्दै दोषीलाई कानूनअनुसार हदैसम्मको कारबाहीको माग गरेका छन् ।

नेपाली कांग्रेसका ७७ जिल्लाका जिल्ला सभापतिहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर बाँके घटनाको एक स्वरमा विरोध गरेका हुन् ।

उनीहरूले कांग्रेको राष्ट्रिय जागरण अभियान र कांग्रेसप्रति बढ्दै गरेको आकर्षणबाट कम्युनिस्टहरूलाई असैह्य भएको जनाएका छन् ।

‘बाँके जिल्लाको खजुरा गाउँपालिका, सीतापुरमा नेपाली कांग्रेस पार्टीको राष्ट्रिय जागरण कार्यक्रम चलिरहेको अवस्थामा कम्युनिष्टहरू प्रवेश गरी अन्दाधुन्दा आक्रमण गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणबाट नेपाली कांग्रेस बाँकेकी सभापति श्रीमती किरण कोइरालाको हात फ्रयाक्चर भएको छ ।’

‘केन्द्रीय प्रतिनिधी विद्याप्रसाद खनाल लगायत दर्जनौं कार्यकर्ता घाइते भएका छन्’, नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले भनेका छन्, ‘सत्ताको उन्मादमा गुण्डागर्दी शैलीमा भएको यो आक्रमणको भर्त्सना गर्दै कम्युनिष्ट आतंकबिरुद्ध देशैभरका कांग्रेसजनहरू एकजुट भएर लड्न तयार हुनुपर्ने अवस्था भएको छ ।’

‘बाँके कांग्रेसको पीडामा देशभरिको कांग्रेस एक हुन नेपाली कांग्रेसका देशभरिका हामी जिल्ला सभापतिहरू अपील गर्दै यस्तो घोर अप्रजातान्त्रिक व्यवहारको भर्त्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

जिल्ला सभापतिहरूले तत्काल दोषीहरूलाई कारबाही गर्न दुईतिहाइको बलियो कम्युनिस्ट सरकारसँग माग गरेका छन् ।

नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले दुईतिहाइको सत्ताको आडमा नेकपाका नेता तथा कार्यकर्ताहरू अहँकारी र मात्तिएको बताएका छन् ।

‘यस्ता गुण्डागर्दी शैल गरेर शान्तिपूर्ण कार्यक्रमहरूमा हुने सांघातिक आक्रमणको कांग्रेसले टुलुटुलु हेरेर बस्दैन’, उनले चेतावनी दिँदै भने, ‘बाँके घटनाले हामी सबै जिल्ला सभापतिहरूलाई गम्भीर बनाएको छ । अरिँगाल र छौडाहरूले सुध्रिउन् । होइन भने त्यसको जवाफ नेपाली कांग्रेसले पनि दिन जानेको छ । तर, नेपाली कांग्रेस कम्युनिस्टहरू जस्तो अराजक बन्न जानेको छैन । बन्दैन पनि ।’

सभापतिहरूको नाम

लीलादेवी बोखिम– ताप्लेजुङ्ग, नरेन्द्रकुमार केरुङ्ग– पाँचथर, हिमालय कर्माचार्य– इलाम, उद्धव थापा– झापा, दिपनकुमार श्रेष्ठ– संखुवासभा, गोविन्द ढुङ्गाना– तेह्रथुम, नन्दमणि राई–भोजपुर, अग्निप्रसाद पौडेल– धनकुटा, डिकबहादुर लिम्बु– मोरङ्ग, राजिव कोइराला– सुनसरी, विनोदकुमार बस्नेत– सोलुखुम्बु, नरेशकुमार श्रेष्ठ– खोटाङ्ग, प्रदीपकुमार सुनुवार– ओखलढुंगा, बिदुर बस्नेत– उदयपुर, दिनेश यादव– सपतरी, रामचन्द्र यादव– सिराहा, अजयकुमार द्विवेदी– पर्सा, रुद्रबहादुर खड्का– दोलखा, लवश्री न्यौपाने– रामेछाप र उज्जलप्रसाद बराल– सिन्धुली रहेका छन् ।

महेश शंकर गिरी– धनुषा, महेन्द्रकुमार राय– महोत्तरी, नागेन्द्रकुमार राय– सर्लाही, विकास लामा– सिन्धुपाल्चोक, मधु आचार्य– काभ्रेपलाञ्चोक, मदनबहादुर अमात्य– ललितपुर, कृष्णसबुज बानियाँ– काठमाडौं, जगदीश्वर नरसिंह केसी–नुवाकोट, दुर्लभ थापा– भक्तपुर, पेम्बा छिरिङ्ग तामाङ्ग, रसुवा, रमेश धमला, धादिङ्ग, जितनारायण श्रेष्ठ– चितवन, हरिबहादुर घले– गोरखा, भेषबहादुर पौडेल– लम्जुङ्ग, कृष्ण केसी– कास्की, याङ्गजिङ्ग विष्ट– मुस्ताङ्ग, खम्बहादुर गर्बुजा (खम्बिर)– म्याग्दी, दीपेन्द्रबहादुर थापा– बाग्लुङ्ग र बालकृष्ण घिमिरे– परासी रहेका छन् ।

भुवनप्रसाद श्रेष्ठ– गुल्मी, वीरबहादुर राणा– पाल्पा, विष्णुप्रसाद खनाल ‘मुस्कान’– अर्घाखाँची, विष्णु लामिछाने– नवलपुर, सुरेन्द्रराज आचार्य– कपिलवस्तु, अमरसिंह पुन– रोल्पा, अमरप्रसाद भण्डारी– प्यूठान, गणेश चन्द– सल्यान, कीर्तिबहादुर खड्का– दाङ, किरण कोइराला– बाँके, सञ्जय गौतम– बर्दिया, केशरमान रोका– रुकुमपूर्व, अंगतकुमार बुढा–डोल्पा, खड्गबहादुर शाही– मुगु, दीपकबहादुर शाही– जुम्ला, हर्षबहादुर बम– कालिकोट, जयन्ती रोकाय– हुम्ला, दीपकजंग शाह– जाजरकोट, प्रेमप्रकाश वली– रुकुम पश्चिम, कृष्णकुमार विसी– दैलेख, कमलराज रेग्मी– सुर्खेत, भरतबहादुर स्वाँर– अछाम रहेका छन् ।

हर्कजंगबहादुर सिंह– बझाङ, ललितसिंह बोहोरा–दार्चुला, नरेन्द्रसिंह थापा– बैतडी, कर्णबहादुर मल्ल– डडेल्धुरा, ईन्द्रबहादुर बानियाँ– हेटौंडा, कृष्णप्रसाद यादव– रौतहट, जयचन्द्र चौरासिया– बारा, हरिबहादुर घले– गोर्खा, टेकबहादुर गुरुङ– मनाङ, कुमारराना मगर– स्याङजा, अब्दुल रज्जाक– रुपन्देही, दीपेन्द्रबहादुर थापा– बाग्लुङ र खिमप्रसाद भुसाल– पर्वत रहेका छन् ।

Published : Friday, 2019 September 13, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया