देउवासँग दाहालको जम्का भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालबीच आकस्मिक रुपमा भेट भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उड्यन कक्षमा शुक्रबार बिहान देउवा र दाहालबीच भेट भएको हो । भेटका क्रममा देउवा र दाहालले एकआपसलाई हालखबर सोधेका थिए ।

भीभीआइपी कक्षमा देउवा र दाहालसँगै बसेका थिए । उनीहरूले धेरै लामो कुराकानी नगरेको जनाइएको छ ।

उनीहरूका बीच अन्य विषयमा धेरै कुरा भएन । जम्का भेट हुँदा सामान्य अनौपचारिक कुराकानीहरू भएको नेकपाका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति देउवा भैरहवा हुँदै दाङ जाने क्रममा थिए । दाहाल ईलाम जाँदै थिए । सोही क्रममा देउवा र दाहालबीच भेटवार्ता भएको हो ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको देशभरि दादागिरि बढिरहेका बेला देउवा र दाहालबीच भएको जम्का भेटमा ती विषयमा कुनै कुराकानी भएको थिए ।

भेटका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, नेकपाका पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल, दाहालकी कान्छी छोरी गंगा दाहाललगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2019 September 13, 10:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया