कांग्रेसले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरू अराजक भई बाँके सभापति किरण कोइरालासहितका नेताहरूमाथि सांघातिक आक्रमण गरेपछि नेपाली कांग्रेसले आधिकारिक धारणा राख्न पत्रकार सम्मेलन रोखेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो एक बजे पत्रकार सम्मेलन राखिएको प्रेस नोटमा उल्लेख छ ।

बिहीबार राष्ट्रिय जागरण अभियानका क्रममा कार्यक्रम भइरहेका बेला बाँके जिल्लामा नेकपाका अराजक नेता तथा कार्यकताहरूले सांघातिक आक्रमण गरेर बाँके कांग्रेसकी सभापति किरण कोइरालाको हात भाँचिदिएका थिए ।

बाँके कांग्रेस नेकपाको अराजकताविरुद्ध सडकमा उत्रिएको छ । दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।

सोही विषयमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको तर्फबाट शुक्रबार पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा राख्ने जनाइएको छ ।

नेपाली कांग्रेसको जागरण अभियानबाट आत्तिएका कम्युनिस्टहरू भौतिक आक्रमणमा उत्रिन थालेपछि अवस्था गम्भीर बनेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

उनले यस्ता खालका अराजकताले देश र लोकतन्त्रलाई कहाँ लैजान्छ भनेर प्रश्न गरेका छन् ।

Published : Friday, 2019 September 13, 9:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया