कांग्रेस नेता डा.सिंहद्वारा कम्युनिस्ट सरकारको दोहोरो नीतिको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले नेपालको परराष्ट्र नीति के हो ? भनेर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारसँग जवाफ माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डा.सिंह अहिलेको यो सरकारको कारणले राष्ट्रियता खतरामा परेको बताए ।

‘अपरिपक्व र बच्कना पररराष्ट्र नीतिको कारणले नेपाल रहन्छ कि रहँदैन हामी नेपालीका रुपमा रहन्छौँ कि रहँदैनौँ यो चुनौतीको रुपमा खडा भएको छ’, उनले भनेका छन् ।

‘भरखरका तीन वटा कुरा हेर्दाखेरी ईण्डोप्यासिफिक र बीआरआईको बारेमा जुन कुरा आइरहेको छ सरकारले स्पष्ट पार्नुपर्छ । मैले योभन्दा पहिला पनि सदनमा कुरा उठाएको थिए’, उनले भने, ‘सदनमा ईण्डोप्यासिफिक र बीआरआई दुई वटै स्टाटेजिक महत्वको परियोजना हुन् ।’

‘यसमा सरकारले बृहत राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘किन कि परराष्ट्र नीति नेपालको संविधानमा स्पष्टसँग लेखिएको छ । नेपालको परराष्ट्र नीति असंलग्न राष्ट्रको रुपमा रहन्छ ।’

‘परराष्ट्र नीति ननस्टरफरेन्सी इन्टरनल म्याटर म्युचुअल कोअपरेशनको आधारमा हुन्छ । त्यसको विपरित हालै कुरा आएका छन् । सरकारको धारणा के हो स्पष्ट हुनुपर्छ’, नेपाली कांग्रेसका सांसद डा.सिंहले भनेका छन् ।

‘सत्तापक्षकै एकजना अध्यक्षले भन्नु भएको छ कि – हामी ईण्डोप्यासिफिकको पार्टमा छैनौँ’, डा.सिंहले भने, ‘सबैभन्दा पहिला पेन्टागनबाट रिपोर्ट आएको थियो । नेपाल ईण्डोप्यासिफिकको पार्ट हो । पत्रपत्रिकामा परराष्ट्रमन्त्रीको भ्रमणलाई कोर्ट गरेर लेखेको छ । पेन्टागन भनेको अमेरिकाको डिफेन्स मिनिस्ट्री हो ।’

‘त्यतिकै होइन नेपाल बीआरआईको पार्ट हो कि होइन ? त्यो पनि क्लियर गर्नु प¥यो । के कारणले बीआरआईको पार्ट हो त्योपनि भन्नु प¥यो’, उनले भनेका छन्, ‘हामी दुई वटा ठूला छिमेकी मित्रको बीचमा बसिरहेका छौँ । दुई वटा छिमेकीलाई समान व्यवहार गरेनौँ भने त्यसको सिकार पनि कहीँ न कहीँ हामी हुन्छौं ।’

‘विगतमा हाम्रो पुर्खाले । हाम्रो पार्टीले पनि नेपाल असंलग्न राष्ट्र हो । हामी कसैको लागि पनि हुन सक्दैनौँ’, उनले भने, ‘त्यत्रो कोल्डवार हुँदा पनि र विश्व दुई ध्रुबको लडाइँ हुँदा पनि नेपाल कसैको पक्षमा लागेन ।’

‘न रसियाको पक्षमा लाग्यौँ । न अमेरिकाको पक्षमा लाग्यौँ । तर अहिले नेपाल परराष्ट्र नीतिले के देखाइरहेको छ भने भरखरै दुई वटा परराष्ट्र मन्त्रीको भिजिट भयो’, नेपाली कांग्रेसका सांसद डा.सिंहले भने, ‘एउटा परराष्ट्र मन्त्रीलाई रिसिभ गर्न परराष्ट्र सचिव जान्छ । अर्को परराष्ट्र मन्त्रीलाई रिसिभ गर्न मन्त्री जान्छ ।’

‘एउटा परराष्ट्र मन्त्री र प्रधानमन्त्री भेट्दाखेरी समकक्षी जस्तै भेट्छ । आमनेसामने सोफा र राजा–रैती झैँ भेट्छ । अर्को परराष्ट्र मन्त्री भेट्दा ईक्वयलमा भेट्छ । के परराष्ट्र मन्त्री र प्रधानमन्त्रीको प्रोटोकल मिल्छ ?’, उनले भने, ‘ईक्वेल प्रायोरेटीमा भेटेको र झण्डा राखेको छ । दुई वटै सरकारका परराष्ट्र मन्त्रीको भिजिट प्राइभेट थिएन । सरकारी भिजिट थियो ।’

‘त्यही पार्टीका एउटा अध्यक्ष र पूर्वप्रधानमन्त्री भन्छ म कुनै पनि पराष्ट्र मन्त्रीलाई भेट्न होटेलमा प्रोटकलले दिँदैन भेट्न जान मिल्दैन’, उनले भने, ‘केही दिनपछि अर्को छिमेकी परराष्ट्रमन्त्री आउँछन् होटेलमा गएर भेटेको पूरै फोटो मिडियामा सार्वजनिक हुन्छ । फोटो मात्रै सार्वजनिक भएको भए केही हुने थिएन । उहाँको जुन कुरा आएको छ । जसको कारणले आज पूरै छापामा एउटा कन्र्सन भएको छ । आमजनताको चासो भएको छ ।’

‘हामी सांसदहरूको पनि कन्र्सन छ । त्यो के भएको हो ? उहाँको धारणा के हो ? सरकारले स्पष्ट पार्नुपर्छ’, उनले भनेका छन् ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले चीनका विदेश मन्त्रीलाई होटेलमा गएर भेटेका थिए । भारतीय विदेश मन्त्रीलाई होटेलमा भेट्न मिल्दैन भनेर समाचार आएका थिए ।

‘दुई दिन पहिला पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ । एउटा प्रधानमन्त्रीले हाम्रो राजदूतलाई छेउमा राखेका छन्’, डा.सिंहले भने, ‘अर्को प्रधानमन्त्रीले राजदूतलाई आफ्नो पछाडि राखेको छ । के यही हो समानता ? संविधानले गाइड गरेको परराष्ट्र नीति समानताको आधारमा, सहअस्तित्वको आधारमा, कोअपरेशनको आधारमा सरकारले प्रष्ट पार्नुपर्छ ।’

‘त्यसमा राष्ट्रिय सहमति कायम गरोस् । सरकारको गलत र बच्कना परराष्ट्र नीतिको कारणले नेपालको अस्तित्व खतरामा अहिले देखिरहेको छु’, कांग्रेसका सांसद डा.सिंहले भने, ‘नेपाल र नेपालीको अस्तित्व कायम गरियोस् । राम भेटे रामै हुने । याम भेटे यामै हुने । नेपाली कहिल्यै नहुने तरिकाले यहाँको परराष्ट्र नीति चलिरहेको छ ।’

Published : Thursday, 2019 September 12, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया