तरुण दल विवाद : अध्यक्षद्वारा महासचिवका निर्णय खारेज

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई आफ्नो पदीय जिम्मेवारीको परिधीमा रहन र संगठनको हित विपरीतका अशिष्ठ व्यवहार तथा क्रियाकलाप नगर्न सचेत गराएका छन् ।

अध्यक्ष बस्नेतले बुधबार सूचना जारी गरेर महासचिव शाहीलाई सचेत गराएका हुन् ।

‘नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई आफ्नो पदीय जिम्मेवारीको परिधीमा रहन र संगठनको हित विपरीत अशिष्ठ व्यवहार र क्रियाकलाप नगर्न यसै सूचनामार्फत सचेत गराइन्छ’, बस्नेतले चेतावनी दिँदै भनेका छन्, ‘महासचिव शाहीले आफ्नो पदीय काम, कर्तव्य विपरीत अनाधिकृत रुपमा गरेका निर्णय अस्वीकृत गरिन्छ ।’

महासचिव शाहीले मंगलबार दुइवटा निर्णय गरेपछि अध्यक्ष बस्नेत रिसाएका हुन् । साथै तरुण दलभित्रको अध्यक्ष र महासचिवबीचको विवाद बाहिर आएको छ ।

महासचिव शाहीले नेपाल तरुण दल सिन्धुपाल्चोकका तत्कालीन उपाध्यक्ष सगुन श्रेष्ठको बारबाही फुकुवा गरिदिएका थिए ।

नेपाल तरुण दल सप्तरीको अध्यक्षमा सीताप्रसाद यादवलाई नियुक्त गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका अध्यक्ष बस्नेत र वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका महासचिव शाहीबीच यसअघि मिलेर संगठनको काम गर्दै आएका यी दुबै बीच एकाएक सम्बन्ध विग्रिएको छ ।

Published : Wednesday, 2019 September 11, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया