कांग्रेसद्वारा बाँकी केन्द्रीय प्रतिनिधिहरूको सूची सार्वजनिक (नाम)

काठमाडौं । नेपाली कांग्रेसले हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको अभियानका क्रममा केन्द्रीय प्रतिनिधिहरूको सूची सार्वजनिक गरेको छ ।

यसअघि आइतबार नेपाली कांग्रेसले तीन वटा प्रदेशका लागि केन्द्रीय प्रतिनिधिहरू तोकेको थियो ।

नेपाली कांग्रेसले सोमबार सूची जारी गर्दै केन्द्रीय प्रतिनिधिहरूको नाम सार्वजनिक गरेको हो ।

आइतबार तीन वटा प्रदेशका जिल्लाहरूको मात्रै केन्द्रीय प्रतिनिधिहरू सार्वजनिक गरिएको थियो । नेपाली कांग्रेसले आइतबारको सूचीमा थपेर सोमबार सबै प्रदेश निर्वाचन क्षेत्रका प्रतिनिधिहरूको नाम सार्वजनिक गरेको हो ।

सूचीमा तत्कालीन लोकतान्त्रिक फोरमका नेताहरूलाई पनि राखिएको छ ।

नेपाली कांग्रेसले यसअघि पनि एक महिनासम्म जागरण अभियान चलाएको थियो । अभियानबाट संगठन सुदृढीकरणमा उल्लेख्य सफलता मिलेको थियो ।

पहिलो चरणमा जिल्लाहरूमा मात्रै जागरण अभियान चलाइएको थियो । यस पटक नेपाली कांग्रेसले प्रदेश निर्वाचन क्षेत्रमा जागरण अभियान चलाउन थालेको छ ।

यो अभियानबाट गाउँका कार्यकर्तासम्म पुग्ने नेपाली कांग्रेसको लक्ष्य छ ।

केन्द्रीय प्रतिनिधिहरूले भदौ २४ गतेदेखि एक महिनासम्म अभियान चलाउनुपर्नेछ ।

अभियानको सबै जानकारी प्रतिवेदनका रुपमा केन्द्रमा प्रतिवेदन बनाएर बुझाउनुपर्नेछ ।

नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा युवा नेताहरूलाई खटाएको छ । प्रतिनिधि बनेकाहरू अधिकांश युवा नेताहरू छन् ।

 

Published : Monday, 2019 September 9, 4:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया