महासचिवको निर्देशनले तरुणहरूमा ल्यायाे उत्साह, कम्युनिस्टहरूको भण्डाफोर हुने

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले १०६औँ वीपी जयन्तीका अवसरमा देशभरि सिर्जनात्मक र रचनात्मक कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

महासचिव शाहीले भदौ २४ गते देशभरि सिर्जनात्मक तथा रचनात्मक विभिन्न कार्यक्रमहरू गरेर भव्य रुपमा वीपी जयन्ती मनाउन परिपत्र गरेका हुन् । उनको परिपत्रले देशभरिका युवा तरुणहरूमा नयाँ उर्जा थपिदिएको छ ।

महासचिव शाहीद्वारा आइतबार जारी भएको परिपत्रमा भनिएको छ, ‘वीपी जयन्ती भदौ २४ गते वृक्षारोपण, फलफूल वितरण, सरसफाई लगायत जिल्ला कार्यसमितिले आवश्यक्ताअनुसार विभिन्न कार्यक्रम गर्ने ।’

‘भ्रष्टाचारमुक्त नेपाल–सुशासन युक्त नेपाल’ अभियान अन्तर्गत जिल्ला, नगर, गाउँ, वडा सबै ठाउँमा अहिले देखिएका चरम भ्रष्टाचारको विरुद्ध भण्डाफोर संचालन गर्ने’, महासचिव शाहीले मातहतलाई निर्देशन दिएका छन् । शाहीले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको गलत कुरा र भ्रष्टाचारको भण्डाफोर गर्न पनि निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसले दोस्रो चरणको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’को कार्यक्रम भदौ २४ गतेदेखि शुरु गर्दै छ । सो कार्यक्रमलाई पनि सहयोग र साथ दिन युवा तरुणहरूलाई महासचिव शाहीले निर्देशन दिएका छन् ।

यसअघि नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पनि नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानलाई साथ सहयोग गर्न भन्दै परिपत्र जारी गरेका थिए ।

Published : Monday, 2019 September 9, 10:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया