कांग्रेसको भ्रातृ संस्थाहरूका बारे छलफल शुरु

काठमाडौं । नेपाली कांग्रेस ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समितिले पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको सांगठनिक संरचना लगायत मूलभुत सैद्धान्तिक एकरुपता कायम गरी विधान तयार गर्न पार्टीद्वारा गठित समितिले सबै विषयमा छलफल चलाउने निर्णय गरेको छ ।

ललितपुरको सानेपामा आइतबार बसेको समितिको बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समितिद्वारा भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान सांगठनिक संरचना तथा सैद्धान्तिक पक्षका बारेमा आवश्यक सुझाव लिनका लागि छलफल गर्ने निर्णय गरेको हो ।

‘भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूको सांगठनिक संरचना लगायत मूलभुत सैद्धान्तिक विषयमा एकरुपता कायम गराउनका लागि र भ्रातृ एवं शुभेच्छुक संस्था कायम गराई पाउ भनी माग गरिएका विषयमा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यहरूसंग भद्रौ २५ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल आयोजना गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘भ्रातृ संघहरूको सांगठनिक संरचना लगायत मूलभुत सैद्धान्तिक विषयमा एकरुपता कायम गराउनका लागि र भ्रातृ एवं शुभेच्छुक संस्था कायम गराई पाउ भनी माग गरिएका विषयमा भ्रातृ संघका सभापति, निवर्तमान सभापति र विधान मस्यौदा समितिका संयोजकसंग भद्रौ २५ गते दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल आयोजना गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘शुभेच्छुक संस्थाहरूको सांगठनिक संरचना लगायत मूलभुत सैद्धान्तिक विषयमा एकरुपता कायम गराउनका लागि र भ्रातृ एवं शुभेच्छुक संस्था कायम गराई पाउ भनी माग गरिएका विषयमा शुभेच्छुक संस्थाहरुका अध्यक्ष, निवर्तमान अध्यक्ष र विधान मस्यौदा समितिका संयोजकहरूसंग भद्रौ २६ गते दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल आयोजना गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूको सांगठनिक संरचना लगायत मूलभुत सैद्धान्तिक विषयमा एकरुपता कायम गराउनका लागि र भ्रातृ एवं शुभेच्छुक संस्था कायम गराई पाउ भनी माग गरिएका विषयमा माग भई आएका भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रस्तावित सभापति र विधान मस्यौदा समितिका संयोजकहरूसंग भद्रौ २९ गते दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल आयोजना गर्ने जनाइएको छ ।

नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूका विषयमा छलफल र सुझाव दिनका लागि केन्द्रीय सदस्य एनपी साउनको संयोजकत्वमा समिति बनाएको थियो । सो समितिले आफ्नो गृहकार्य आइतबारदेखि शुरु गरेको छ ।

Published : Sunday, 2019 September 8, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया