कांग्रेसको तयारीले कार्यकर्ता खुसी, कम्युनिस्टलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका कार्यक्रमहरू घोषणा गर्ने भएको छ ।

बुधबार दोस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकका बारे जानकारी दिँदै उनले दोस्रो चरणका कार्यक्रमहरू तयार भएको बताए ।

बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् कार्यक्रमको घोषणा गर्ने जानकारी उनले दिए ।

नेपाली कांग्रेसको जागरण अभियानले कम्युनिस्टहरूलाई तनाब बढाइदिएको छ । जारण अभियानले गाउँका कार्यकर्ता खुसी भएपनि कम्युनिस्टहरू दुःखी भएको टिप्पणी भएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको म्याद सकिएका भ्रातृ संगठनहरूको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने विषयमा पनि छलफल भएको छ ।

विदेशस्थित ३५ वटा जनसम्पर्क समितिहरूको पनि म्याद थप गर्ने विषयमा पनि कार्यसमितिले टुंगो लगाउने कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा पार्टीको विधानलगायतका १४ बँुदे एजेण्डामाथि छलफल तय गरेको थियो ।

Published : Tuesday, 2019 September 3, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया