तीजकै दिन रवि लामिछानेले पाए ठूलो सरप्राइज

महेन्द्रनगर । टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्धको मुद्धा दर्ता गर्न जिल्ला अदालत कञ्चनपुरले अस्वीकार गरिदिएको छ ।

सोमबार न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले लामिछानेसहित तीन जनाविरुद्ध दिइएको मुद्धा दर्ता नगर्ने निर्णय गरेको हो ।

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले लामिछानेसहितका विरुद्ध दिइएको निवेदन र मानहानीको मुद्धा अदालतको क्षेत्राधिकारभित्र नपर्ने बताए ।

दिलिपसिंह विष्टका दाई खड्गबहादुर विष्टले लामिछानेसहितका विरुद्ध मानहानीको मुद्धा दर्ता गराउन निवेदन दिएका थिए । दिलिपसिंह विष्ट निर्मला पन्त प्रकरणमा पक्राउ परेर रिहा भएका व्यक्ति हुन् ।

मुद्धामा निलम्बित डिएसपी अंगुर जिसीले अदालतको मानहानी गरेको आरोप लगाइएको थियो ।

कञ्चनपुर जिल्ला अदालतले खड्गबहादुर विष्टले दिएको मुद्धा र निवेदन आफ्नो क्षेत्रअधिकारभित्र नपरेको भन्दै दर्ता गर्न अस्वीकार गरेको हो ।

लामिछानेले सञ्चालन गरेको ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा उपस्थित भएका निलम्बित डिएसपी जिसीले आफ्नो भाईलाई अभियुक्त भनेर बोलेको लगायत विषयलाई लिएर विष्ट अदालत पुगेका थिए ।

भदौ २ गते जिल्ला अदालत कञ्चनपुरमा उजुरी दिएका खड्गबहादुर विष्टको उजुरी श्रेस्तेदारले दरपीठ गरेका थिए । त्यसपछि विष्टले न्यायाधीश समक्ष मानहानीको मुद्धा दर्ता गर्न माग गरेर निवेदन दिएका थिए ।

शालिकराम पुडासैनी प्रकरणमा पाँच लाख धरौटीमा रिहाइ भएपछि काठमाडौं आएका लामिछानेविरुद्ध दिलिपसिंह विष्टका दाई खड्गबहादुर विष्टले मानहानीको मुद्धा अदालतमा दर्ता गराएर फसाउन खोजेका थिए ।

तर, कञ्चनपुर जिल्ला अदालतले विष्टको षड्यन्त्रलाई तीजकै दिन चकनाचुर बनाइदिएको छ । कञ्चनपुरमा सञ्चारकर्मी लामिछानेलाई निर्मला प्रकरणमा फसाउने षड्यन्त्र भाँडिएको छ ।

लामिछानेका विरुद्ध षड्यन्त्र गर्दै आएका स्थानीय पत्रकार खेमभण्डारीले यसअघि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिइसकेका छन् । उनले लामिछानेका विरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदै आएका छन् ।

Published : Monday, 2019 September 2, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया