भक्तपुरमा भदौ २० मा कांग्रेसको प्रशिक्षण, ठूला नेताहरूको जमघट हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश ३ का पाँच जिल्लाको प्रशिक्षण कार्यक्रम भक्तपुर जिल्लामा राखेको छ ।

भदौको २० र २१ गते दुई दिन भक्तपुर जिल्लामा प्रशिक्षण कार्यक्रम हुनेछ । प्रशिक्षणमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र दोलखा जिल्ला महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जानकारी दिए । प्रशिक्षणको सबै तयारी पूरा भइसकेको सभापति थापाले बताए ।

प्रशिक्षणमा कार्यक्रममा ३ सय १२ जना महाविधेशन प्रतिनिधि सहभागी हुने जनाइएको छ । कार्यक्रमस्थलमा नेपाल तरुण दल भक्तपुर शाखाले स्वयं सेवकको काम गर्नेछ ।

प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति एवम् प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिसहितका नेताहरू सहभागी हुनेछन् ।

प्रदेश ३ का बाँकी जिल्लाहरू धादिङ, चितवन, मकवानपुर, रामेछाप र सिन्धुली जिल्लाका महाविधेशन प्रतिनिधिहरूलाई हेटौँडामा प्रशिक्षण दिइनेछ ।

प्रतिष्ठानले प्रदेश ३ मा दुई चरणमा प्रशिक्षण कार्यक्रम चलाउन थालेको हो ।

यसअघि प्रतिष्ठानले पोखरा, भैरहवा, सुर्खेतमा प्रशिक्षण चलाइसकेको छ ।

दुईतिहाइको बहुमतपछि कम्युनिस्टहरूमा दम्भ पलाएको भन्दै आलोचना भइरहेका बेला नेपाली कांग्रेसले देशभरि आफ्ना महाधिवेशन प्रतिनिधिहरूलाई प्रशिक्षण दिइरहेको छ ।

Published : Sunday, 2019 September 1, 11:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया