नेकपाको दादागिरिविरुद्ध दाङमा कांग्रेसको भव्य प्रदर्शन

घोराही । नेपाली कांग्रेस दाङका भ्रातृ संगठनहरूले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको हर्कत र रजिष्टार रामप्रसाद प्याकुरलेलाई हातपात गरेको विरोधमा घोराहीमा सडक प्रदर्शन गरेका छन् ।

शुक्रबार झण्डासहित जम्मा भएका नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले सत्तारुढ नेकपाको ज्यादती रोक्न माग गरेका छन् ।

सत्ताको आडमा प्रतिष्ठानका कर्मचारीमाथि भौतिक आक्रमण गर्ने नेकताका कार्यकर्ताहरूलाई हदैसम्मको कारबाही गर्न माग गरिएको नेपाल तरुण दलका अध्यक्ष टीका घर्तीले बताएका छन् ।

‘यस्ता अराजक हर्कत र गतिविधिहरू रोक्न नेकपाका कार्यकर्ताहरूलाई नेपाल तरुण दलको चेतावनी छ’, उनले भने, ‘दोषीलाई स्थानीय प्रशासनले पक्राउ गरेर कारबाही नगरेसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।’

नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगीका अनुसार नेकपाका कार्यकर्ताहरूबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीमाथि भएको हातपातको विरोधमा प्रदर्शन गरिएको हो ।

नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघले नेकपाको दादागिरिको विरोधमा सडक प्रदर्शन गरेका हुन् ।

दाङ कांग्रेसको पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन तुलसीपुर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाल तरुण दलका अध्यक्ष टीका घर्ती, नेपाल महिला संघकी अध्यक्ष गोमा रावत र नेविसंघका अध्यक्ष राजकुमार डाँगीले सम्बोधन गरेका थिए ।

उनीहरूले दुईतिहाइको घमण्ड नदेखाउन नेकपाका कार्यकर्ताहरूलाई चेतावनी दिएका छन् । उनीहरूले जनताको ताकतलाई खेलावड गरेको भन्दै नेकपालाई सुध्रिन चेतावनी दिएका छन् ।

उनीहरूले शान्तिपूर्ण तरिकाले सबै समस्याको समाधान खोज्न सकिने भन्दै भौतिक आक्रमणमा उत्रिने नेकपाका कार्यकर्ताहरूलाई कानूनी कारबाही गर्न माग गरेका छन् ।

बुधबार नेकपाका जिल्ला नेता विवेक श्रेष्ठसहितका नेता तथा कार्यकर्ताहरूले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गर्ने क्रममा रजिष्टार रामप्रसाद प्याकुरेललाई कार्यकक्षबाट गलहत्यार भ र्‍याङसम्म हुत्यार फ्याकेको सीसीटीभी फुटेजमा देखिएको छ ।

Published : Friday, 2019 August 30, 4:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया