राजनीतिक समितिको बैठकले राजपाभित्र बबाल

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयोजक राजकिशोर यादवले राजनीतिक समितिको बैठक आफू खुसी बोलाएको भन्दै पार्टीभित्र विरोध उठेको छ ।

राजपाका महासचिव केशव झाले अध्यक्षमण्डलले बोलाउनुपर्ने राजनीतिक समितिको बैठकलाई संयोजक यादवले आफू खुसी बोलाएको भन्दै विरोध जनाए ।

‘राजनीतिक समितिको बैठक बोलाउने अधिकार अध्यक्षमण्डललाई मात्रै छ’, महासचिव झाले भने, ‘संयोजकज्यूले अध्यक्षमण्डलमा कसैसँग परामर्श नगरी बैठक बोलाउनु भएको छ । यो विधान बमोजिम छैन ।’

झाले अबैधानिक रुपमा बोलाइएको बैठक बहिस्कार गर्ने चेतावनी दिए ।

राजपाका संयोजक यादवले भदौ १३ गते शुक्रबार राजनीतिक समितिको बैठक बोलाएका छन् ।

राजपाको राजनीतिक समितिको बैठकको तयारी भइरहेका बेला पार्टीभित्र विवाद भएपछि तनावमा संयोजक यादव परेका छन् ।

Published : Wednesday, 2019 August 28, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया