रविको समर्थनमा काठमाडौं भरियो, अहिलेसम्मको ठूलो प्रदर्शन

काठमाडौं । पत्रकार शालिकराम खतिवडा प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा काठमाडौंमा शनिबार भव्य प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघर मण्डालामा शनिबार बिहान रवि लामिछानेका हजारौँ समर्थकहरू जम्मा भएका हुन् । उनीहरूले रवि लामिछानेको पक्षमा नारावाजी गरेका छन् ।

माइतीघरमा जम्मा भएका समर्थकहरू नारावाजीसहित नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

शुभेच्छुकहरूले रवि लामिछानेसहित पक्राउ परेका पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की निर्दोष रहेको भन्दै नारावाजी गरेका छन् ।

रवि लामिछानेको समर्थनमा भव्य प्रदर्शन भएपछि सुरक्षाकर्मी उल्लेख्य रुपमा खटिएका छन् । शान्ति सुरक्षा बनाउन सुरक्षाकर्मीहरू खटिएका हुन् ।

रवि लामिछानेको समर्थनमा स्वस्फुर्त रुपमा हजारौँ सर्वसाधारण आएका हुन् । उनीहरूले लामिछानेलाई छाड्न माग गरेका छन् ।

शालिकराम खतिवडा प्रकरणमा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेपछि रवि लामिछानेका समर्थकहरूले दैनिक सरह प्रदर्शन गर्दै आएका छन् ।

रवि लामिछानेका समर्थकहरूले फसाउन खोजेको आरोप पनि लगाएका छन् । उनीहरूले युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई पनि छाड्न माग गरेका छन् ।

रवि लामिछाने पक्राउ परेपछि उनका धेरै शुभेच्छुकहरूले चिन्ता जनाउँदे आएका छन् । उनीहरूले रविलाई छाड्न दवाव दिँदै आएका छन् ।

Published : Saturday, 2019 August 24, 11:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया