नाम चलेका वरिष्ठ कलाकारहरूले रविलाई साथ दिए, पत्रकार सम्मेलन गर्दै

काठमाडौं । शालिकराम पुडासैनी प्रकरणपछि थुनामा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई साथ दिन नाम चलेका कलाकारहरूले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै छन् ।

पत्रकार शालिकराम पुडासैनी प्रकरण र पत्रकार रवि लामिछाने लगायत पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीको न्यायिक छानविनको माग गर्दै कलाकारहरूले शनिबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन गर्न लागेका कलाकारहरूमा निर शाह, रामकृष्ण ढकाल, दीपकराज गिरी, दीपाश्री निरौला, शम्भुजित बाँस्कोटा, निखिल उप्रेती, रमेश उप्रेती, सञ्चिता लुइँटेल, अनुराग कुँवर, रमेश खरेल तथा विवेकशिल पार्टीकी नेतृ रञ्जु दर्शना लगायत रहेका छन् ।

संयुक्त पत्रकार सम्मेलन शनिबार बिहान पौने ११ बजे काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लवमा हुनेछ ।

सञ्चारकर्मी लामिछानेलाई प्रहरीले शालिकराम पुडासैनी प्रकरणमा पक्राउ गरेर अनुसन्धान गर्दै आएको छ । लामिछानेलाई छाड्न शुभेच्छुकहरूको माग छ ।

लामिछानेको पक्षमा जनमत देखिए पनि प्रहरीले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने बताउँदै आएको छ ।

Published : Saturday, 2019 August 24, 7:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया