रविलाई हिरासतमै भेटे आईजीपी खनालले, दिए गज्जबको आश्वासन

भरतपुर । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वोन्द्र खनालले भेटेका छन् ।

आइजीपी खनालले प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता लामिछानेलाई शुक्रबार भेटेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका सञ्चारकर्मी लामिछानेलाई खनालले भेटेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन लगायतका कार्यालयहरूको निरीक्षणमा निस्किएका महानिरीक्षक खनालले प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी लामिछानेलाई भेटेका हुन् ।

प्रहरी महानिरीक्षक खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका लामिछाने र पत्रकार युवराज कँडेललाई भेट गरी कानूनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन् ।

आईजीपी खनालले लामिछाने र कँडेलद्वयलाई हिरासत सुरक्षित ठाउँ भएको स्मरण गराएका थिए ।

‘प्रहरी हिरासत जति सुरक्षित अन्त कतै हुँदैन, पक्राउ पूर्जी जारी गरेरै नियन्त्रणमा लिएको हो’, खनालको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘अन्यथा सोच्नुपर्दैन ।’

यसअघि सञ्चारकर्मी लामिछानेले आफू प्रहरी हिरासतमै असुरक्षित रहेको भन्दै आपत्ति जनाएका थिए ।

उनले भ्रमणको क्रममा प्रहरी कार्यालय, हिरासत कक्षको निरीक्षण पनि गरेका थिए ।

चितवनको प्रहरी कार्यालय भ्रमणपछि प्रहरी महानिरीक्षक खनालले नवलपरासीमा रहेको जिल्ला प्रहरी कार्यालयको पनि भ्रमण गरेको प्रहरीका सह–प्रवक्ता उमेशराज जोशीले जानकारी दिएका छन् ।

Published : Friday, 2019 August 23, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया